२०८३ असार १० बुधबार
Search
Close this search box.

करातेका लागि खेलाडी छनोट

पशुपतिनगर,

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि करातेमा प्रदेश नं १ बाट इलामका तीन खेलाडी छनोट गरिएका छन् । 

विराटनगर कभर्ड हलमा यही फागुन ७ गतेदेखि जारी प्रदेश स्तरिय छनोट प्रतियोगितामा इलामकी प्रिति बस्नेतले ५० केजी तौल समुहमा स्वर्ण पदक जित्दै आठौँ राष्ट्रिय खेलकुदका लागि स्थान सुरक्षित गरेकी छन् ।
त्यसैगरी ८४ केजीमा भेषराज राई र ६७ केजी मुनी तौल समुहमा समिक्षा लेप्चाले रजत पदक जित्दै प्रदेशको टिमबाट नेपालगञ्जमा हुने प्रतियोगितामा आफनो सहभागीता सुनिश्चित गरेको जिल्ला कराँते संघका अध्यक्ष एवम प्रशिक्षक योगेश चाम्लिङ राईले जानकारी दिनुभयो ।
प्रदेश स्तरिय छनौटमा इलामबाट सहभागी २१ मध्ये आठले पदक प्राप्त गरेका थिए । एकल कातामा सहभागी विमोचना गुरुङ, ८४ केजीमा दिपेश घिमिरे, ६० केजीमा सविन मगर, दिक्षा दियाली र ६७ केजीमा भक्तबहादुर दर्जीले कास्य पदक प्राप्त गरेका छन् । कास्य विजेता पाँचैले राष्ट्रिय खेलकुदमा सहभागिता जनाउने छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit