२०८३ असार १० बुधबार
Search
Close this search box.

दाउफिन्स फुटबल क्लब झापा गोल्डकपको सेमीफाइनलमा

बिर्तामोड ,तीन वटा प्रतिष्ठित गोल्डकपको उपाधी हात पार्न सफल क्यामरुनको दाउफिन्स फुटबल क्लब मगमग झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलसँगै झापा गोल्डकपमा पहिलो चरणका खेलहरु सकिएका छन् ।
लाली रुपन्देही ११ सँग भएको प्रतिष्पर्धामा जीत हासिल गरेसँगै दाउफिन्सले सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबसाग प्रतिष्पर्धा गर्ने छ । आर्मीले यसअघि शसस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । पोखरामा भएको आहा रारा गोल्डकपको सेमीफाइनलमा आर्मीले दाउफिन्सलाई १−० गोलले पराजित गरेको थियो ।
दाउफिन्सले खेलको ३८ औं मिनेटमा अग्रता लिएको थियो । रुपन्देहीका पेपी अडामाले दाउफिन्सका मिसोउली इटिग्नेलाई डि बक्सभित्र फाउल गरेपछि दाउफिन्सले पेनाल्टी पाएको थियो । पेनाल्टीमा दाउफिन्सका पेट्न्गाले गोल गरेका थिए ।
खेलका् ८७ औं मिनेटमा मैदानको मध्यभागबाट मिसोउली इटिग्नेले गरेको प्रहारले जाली चुमेसँगै दाउफिन्सले अग्रता दोब्बर बनायो । रुपन्देहीका गोलरक्षक अगाडी बढेको समयमा मैदानको मध्यभागबाट इटिग्नेले पोष्टमा प्रहार गरेका थिए ।
खेलको अधिकांस समय रुपन्देहीले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि पोष्टमा गरेको प्रहार फितलो हुँदा गोल गर्ने अवसरबाट बञ्चित भयो । खेलको २३ औं मिनेटमा रुपन्देहीका लागि बिदेशी खेलाडी मन्सा विअभोगीले डि एरियामा मिलाई दिएको पासलाई निरबहादुर बलले कडा प्रहार गरे पनि दाउफिन्सका गोलरक्षक प्रिसो जाङगाले उत्कृष्ठ बचाउ गरेका थिए ।
३२ औं मिनेटमा दाउफिन्सका टिना टिनाले खाली पोष्टमा गोल गर्न सकेनन् । ७७ औं मिनेटमा टिना टिनाले वान भर्सेस वान गोल गर्न सकेनन । खेलको म्यान अफ द म्याच बिजेता टीम दाउफिन्सका मिसोउली इटिग्ने घोषित भए । उनले नगद १५ हजार रुपैंयाँ पुरस्कार पाए । दाउफिन्सले यो सिजनमा तिलोतमा, मनकामना र बुढासुब्बा गोल्डकपको उपाधि हात पारिसकेको छ ।
शुक्रबारको पहिलो सेमीफाइनल खेल मगमग झापा ११ र रुस्लान थ्रि स्टार क्लबबीच हुने आयोजक समितिका संयोजक महेन्द्र गिरीले जानकारी दिए ।
खेलपछि भएको पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै बिजेता टीम दाउफिन्सका मेनेजर आशिक थापा मगरले टीमले सन्तोषजनक नतिजा दिएको बताए । उनले दाउफिनसले रफ खेल्छ भन्ने आरोपको खण्डनका लागि पनि खेलाडीलाई सचेत गराएकाले राम्रो खेल प्रस्तुत गरेको बताए ।
पराजित टीम रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले शुरुमा स्कोर गर्न पाएको अवसर सदुपयोग हुन नसकेपछि दवावमा खेल्नु परेको हुनाले परिणम आफ्नो पक्षमा नपरेको बताए । उनले शारिरिक रुपमा बलिया खेलाडीसँग आफ्ना खेलाडीले सन्तोषजनक प्रदर्शन गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit