२०८३ बैशाख २८ सोमबार
Search
Close this search box.

सोनिका बनिन् मिस झापा कलेज डिभा

 

बिर्तामोड, झापा बिर्तामोडकी सोनिका राजवंशीले हिमाअस मिस झापा कलेज डिभा २०१९ को उपाधि हात पारेकी छिन् ।
नेपाललाई समृद्ध बनाउन कसरी सकिन्छ भन्ने निर्णायको प्रश्नको उत्कृष्ट उत्तर दिदै बिर्तामोडको देवि उच्चमाविमा अध्ययनर्त राजवंशीले ११ जना फाइनालिष्टलाई पछि पार्दै उपाधि जितेक हुन् । विजेता राजवंशीले नगद २५ हजार रुपैयाँ सहित प्रमाणपत्र हात पार्दै ग्लोबल कलेज अफ मेनेजमेन्ट काठमाण्डौ वा बिर्तामोडको गोमेन्द्र कलेजमा निःशुल्क स्नातक तह अध्ययन् गर्ने अवसर पनि पाएकी छिन् ।
त्यसैगरी हिमाअस मिस झापा कलेज डिभा २०१९ को फस्ट रनर अप देवी उच्च मावि बिर्तामोडमै अध्ययनर्त भद्रपुर – ३ निवासी कामना नेपालले भएकी छिन् । उनले नगद २० हजार रुपैयाँ र सेकेन्ड रनर अप कोहेड कलेज बिर्तामोडमा अध्ययनर्त हल्दिबारी– १ कि रोसिका सापकोटाभएन् । उनले नगद १५ हजार रुपैँया सहित सोही कलेजमा निःशुल्क पढ्ने अवसर पाएको बताइन्छ ।
ग्लोबल इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको कार्यक्रममा कलेजमा अध्ययनर्त गर्ने छात्राहरुको व्याक्तिगत विकास र समाजमा थप जिम्मेवारी बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको प्रबन्धक निर्देशक कमल न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा झापाका विभिन्न कलेजका ४० बढी छात्राहरुको सहभागिता रहेको इभेन्ट मेनेजर तारानिधि पौड्यालले जानकारी दिनुभयो । बिर्तामोड स्थित सीटी प्यालेसमा आयोजित कार्यक्रममा शिक्षाविद् केशव मैनाली, बिबिसीका झापा प्रतिनिधि उमाकान्त खनाल, डाक्टर प्रविन भट्टराई, अभिवक्ता पर्शुराम बानियाँ, युवा व्यावसायि सुदर्शन खतिवडा लगायत निर्णायकको भूमिकामा रहनुभएको थियो । हिमाअसले टाइटल स्पोन्सर गरेको उक्त कार्यक्रमको सञ्चालन ट्रेनर प्रहिल कार्कीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit