झापा । नेपाल प्रेस युनियन झापा शाखाले ३४औं स्थापना दिवसको अवसर पारेर संस्थापक अध्यक्ष राजेश ढुंगानासहित पाँच जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा ढुङ्गानासहित पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल, पूर्व केन्द्रीय सदस्यहरू गोविन्दचन्द्र क्षेत्री, लोकराज ढकाल, कृष्ण हुमागाँई रहेका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौलाले दोसल्ला ओढाउँदै सम्मान–पत्र प्रदान गरेका थिए । नेपाल प्रेस युनियन झापा शाखाले स्थापना दिवसको अवसर पारेर लोकतन्त्रमा प्रेसको भूमिका विषयक विचार गोष्ठी समेत सम्पन्न गरेको छ । सोही कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरिएको हो । नेपाल प्रेस युनियन झापा शाखाका सभापति गिरीराज भट्टराईको अध्यक्षता तथा पूर्वउपप्रधान एवम् गृहमन्त्री सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल प्रेस युनियन झापा शाखाका उपाध्यक्ष ईश्वर अधिकारीले स्वागत गरेका थिए ।

















