२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

हिमेश अधिकारी र प्रकाश सुवेदीद्वारा ‘व्यवसायी सदस्य राहत कोष’मा सहयोग

झापा, बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा सहयोग जुट्ने क्रम निरन्तर जारी छ।
संघले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसको व्याजबाट आपत् विपत् परेका व्यवसायीलाई राहत उपलब्ध गराउने उद्देश्यले कार्यविधि तयार गर्दै सहयोग संकलनलाई तीव्र बनाएको छ।

यसै क्रममा बिर्तामोडका व्यवसायीहरूले आफ्नो जन्मदिनको अवसर पारेर राहत कोषमा योगदान दिने सकारात्मक अभ्यास सुरु गरेका छन्। शनिबार संघका विशिष्ट सदस्य निर्मल भट्टराईले ५१ हजार रुपैयाँ राहत कोषमा हस्तान्तरण गर्नुभएको थियो ।आइतबार ‘न्यू कोहिनुर ढुवानी’का सञ्चालक युवा व्यवसायी हिमेश अधिकारीले २१ हजार १ सय ११ रुपैयाँ र ‘पाथीभरा इम्पेक्स’का सञ्चालक प्रकाश सुवेदीले २१ हजार रुपैयाँ संघका अध्यक्ष राजु न्यौपानेलाई प्रदान गर्नुभयो।

संघको सभाहलमा आयोजित दुई फरक कार्यक्रममार्फत सहयोगी व्यवसायीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो। अध्यक्ष न्यौपानेसहित संघका उपाध्यक्षद्वय विशाल थापा र जीवन खड्काले जन्मदिनको अवसरमा सामाजिक कार्यमा हातेमालो गरेकोमा उनीहरूको दीर्घायू र सफलताको कामना व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit