२०८३ असार १० बुधबार
Search
Close this search box.

आठ सयभन्दा बढी विद्यार्थीको भविष्य अन्योलमा

डिप्लोमा इन नर्सिङ विषयको सम्बन्धन नै नलिएको कलेजमा दुई वर्षदेखि ८ सयभन्दा बढी नेपाली विद्यार्थी अध्यनरत थिए । उक्त विषय पढाउन अष्ट्रेलियन नर्सिङ एण्ड मिड वाइफरी एक्रिडिटेसन काउन्सिलबाट सम्बन्धन लिनुपर्छ । तर कलेजले  सम्बन्धन नै नलिइ कक्षा सञ्चालन गरेको खुलेपछि विद्यार्थीको पढाइ के हुन्छ भन्ने अन्योल भएको छ । 

एआईबीटीले २८ दिनभित्र खारेजी प्रकिया रोक्नका लागि पुनरावेदन गर्न सक्छ । पुनरावेदनपछि पनि  खारेज हुने नै ठहर भएमा विद्यार्थीलाई अर्को कोर्स खोज्ने दायित्व एआईबीटीकै हुन्छ । विद्यार्थीसामु योग्यताका आधारमा वैकल्पिक पढाइको ढोका खुला नै हुन्छ । तर विद्यार्थीले पैसा भने तिर्नुपर्छ । जोकोहीलाई पनि अनुसन्धान र पढाइका लागि लाग्ने खर्च तथा उताको जीवनशैलीका बारेमा राम्ररी बुझेर मात्र अष्ट्रेलिया जान विद्यार्थीलाई हाम्रो सुझाव छ ।

विदेशी कलेजमा अध्ययन गर्न जान शिक्षा मन्त्रालयको नो अब्जेक्सन लेटर चाहिन्छ ।

मन्त्रालयले के आधारमा त्यस्तो लेटर दियो ? प्रवेशाज्ञा दिने अष्ट्रेलियाली दूतावास र  दर्ता नै नगरिएको कलेजमा विद्यार्थीलाई पठाउन भूमिका खेल्ने शैक्षिक परामर्श संस्थाको भूमिकामै प्रश्न उठेको छ । अष्ट्रेलियास्थित नेपाली दूतावासले अलपत्र विद्यार्थीको सहयोगका पहल गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit