२०८३ असार १० बुधबार
Search
Close this search box.

‘अरुसँग तुलना गर्दा वालवालिकामा नकारात्मक असर पर्छ ’

बुधबारे, ज्योति अंग्रेजी मावि बुद्धशान्ति – ३ ले परिवर्तित सामाजिक परिवेश, प्राविधिक गतिविधि, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमको बढ्दो प्रयोगले वालवालिका, अभिभावक र विद्यालय बीचमा सन्तुलन ल्याएर समय अनुकुल गुणस्तरीय शिक्षालाई कसरी निरन्तरण दिन सकिन्छ भन्ने अभिप्रायले वरिष्ठ वाल विशेषज्ञको सहजीकरणमा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
कार्यक्रममा वरिष्ठ वाल विशेषज्ञ सानु अमात्य तथा प्रनिशा गुरुङले सहजीकरण गर्नुभयो । करीव ३ सय ५० अभिभावकका बीच गरिएको कार्यशाला गोष्ठीमा सहजकर्ताहरुले वालवालिकाको चौतर्फी विकासका लागि शिक्षक, अभिभावकले खेल्नुपर्ने भूमिका र पूरा गर्नु पर्ने दायित्वका बारेमा सहभागीलाई जानकारी दिएका थिए ।
वाल विशेषज्ञहरुले वालवालिकालाई सही मार्ग दर्शन हुन सके उनीहरुको शारीरिक मानसिक, संवेगात्मक, नैतिक विकास सहजै हुन सक्ने टिप्पणी गर्दै वालवालिकाको सम्पूर्ण विकासका निम्ति अभिभावक, शिक्षक र विद्यालयको ठूलो भूमिका रहने कुरा बताएका थिए ।


विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव प्रधानको सभापतित्व तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा ढुंगेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वरिष्ठ वाल विशेषज्ञ सानु अमात्यले वालवालिकाको मनोविज्ञानलाई मसिनो ढंगले विश्लेषण गर्दै सोहि अनुरुप अभिभावक र विद्यालय लाग्न सके उनीहरु समाजका गहना मात्र होइन जिम्मेवार नागरिक बन्न सक्ने टिप्पणी गर्नुभयो । उहाँले वालवालिकालाई दोष दिने, होच्याउने, हकार्ने, अरुसँग तुलना गर्दा नकारात्मक प्रभाव पर्ने भएकाले सचेत रहन सबैलाई सुझाव दिनुभयो ।
विद्यालयका प्रिन्सिपल प्रधानले विद्यार्थी, अभिभावक, शिक्षकलाई गोष्ठी प्रभावकारी हुने सकेको आफूले विश्वास लिएको बताउनुभयो ।
आइतबार बुधबारेको एक पार्टी प्यालेसमा भएको सो गोष्ठीले वालवालिकासँग गरिने हरेक क्रियाकलाप, वार्तालापमा अभिभावक र शिक्षकले सदैव जिम्मेवार र चनाखो हुनुपर्ने सन्देश दिएको थियो । सो कार्यक्रममा शिक्षक टंक अधिकारीले स्वागत मन्तव्य राख्नुभयो । शिक्षक विष्णुप्रसाद दाहालले कार्यक्रम सञ्चालन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit