२०८३ असार १० बुधबार
Search
Close this search box.

ब्युटिसियन क्षेत्रमा प्रभाव जमाउँदै उमा

झापा ,मानिसका जिवन जिउने फरक फरक शिप र कला हुन्छन । तिनै कला र शिपमा अगाडि वढेको छ विश्व विकासको इतिहास । प्राचीनकाल देखिनै मानव प्रजाति विषेश गरेर महिला वर्गमा सुन्दरताका वर्णन र ब्याख्याहरु हुँदै आएको पाइन्छन । हामिलाई देख्न र भन्न कति सजिलो छ आहा कति राम्री, चटक्क परेको जीउ डाल, वान्किपरेकी । तर, हामी बुझ्न पनि चाहदैनौ र बुझ्नै ठाउँ पनि पाउँदैनौ त्यो जिउडाल र वान्की मिलाउनका लागि पर्धा पछाडिको गुमनाम पात्रका वारेमा ।
पृथ्वीको चेतनशील सुन्दर मानिसलाई अझ्झ सुन्दर पार्नका लागि एक ब्युटिसियनको भूमिका महत्वपूर्ण छ । यही भूमिकामा आफ्नो भविश्य चम्काउनका लागि धेरैको भनौँ हजारौँको संख्यामा नारीलाई सुन्दर बनाउदै अनि सुन्दर वनाउने कला वाढ्दै झापा जिल्लामा मात्र हैन अन्तरजिल्लासम्म पुग्नु भएकी उमा कटुवाल (भण्डारी) यतिवेला आफ्ना उत्पादनहरुलाई सवैको सामु उतार्ने प्रयत्नमा जुट्नु भएको छ ।
२०६७ सालमा घरेलु तथा साना उद्योग कार्यालय झापा वाट सौन्दर्य कलाका लागि वेसिक तालिम लिएर ब्युटिसियनको सोच वनाउनु भएकी उमाले विभिन्न समय र ठाउँवाट डिप्लोमा तथा एड्भान्स कोर्ष लिएर वेसिक तालिम लिएको ठीक २ वर्ष पछि २०६९ सालवाट ब्यवसायिक रुपमा सौन्दर्य ब्युटि पार्लर खोलेर सेवासँगै ब्यवसायिक यात्रा सुरु गर्नु भएकी उमाले आफ्नो कार्य क्षमता र दक्षताको विकास गरी पार्लर सँग – सँगै तालिम सेन्टरको रुपमा ब्यवसायिक स्थललाइनै अगाडि वढाउनु भयो । सुरुमा १५ जना विद्यार्थीवाट सिप सिकाउन सुरु गर्नु भएकी उमाले वेसिक कोर्ष, डिप्लोमा, स्पेसल, मेकअप र वैदेसिक रोजगारमा जान चाहनेहरुका लागि पनि विषेस कोर्ष गराउदै आउनु भएको छ । विभिन्न संघ सँस्थाको आयोजनामा सौन्दर्य कला सम्वन्धि तालिम झापा, मोरङ, इलाम सम्म पुगेर सञ्चालन गर्नु भएकी उमाले सिटिइभिटी वाट लिइने स्किल टेस्ट परिक्षामा लेवल टु पनि पास गर्नु भएको छ । भन्नु हुन्छ “सुरुमा त म आफैँले पनि यसरी प्रोफेसनल रुपमा ब्युटिसियन वन्छु जस्तो लागेको थिएन । सुरुमा दैनिक २–४ जना नारी सेवाग्राहि आउनु हुन्छ उहाँहरु वाटनै ब्यवसाय चलाउला भन्ने सोचेकी थिएँ तर समयले पनि मागेछ क्यार आफ्से आफ प्रशिक्षक भएछु ।”
उमाको यात्रा कुसल ब्यटिसियन, प्रशिक्षकको मात्र छैन उहाँ विभिन्न संघ सँस्थाले आयोजना गरेको तालिमको स्किल टेष्ट गर्ने सिलसिलामा समेत झापा वाहिर जाने गर्नु भएको छ । २ छोरा र श्रीमानका साथ४ जनाको परिवार रहेको उमाका श्रीमानको आफ्नै कृषि फार्म छ त्यसै गरी २ छोराहरु मध्ये जेठ्टो छोरा विविए अध्ययन गर्दै छन भने कान्छो छोरा एसइइ दिदै गरेको वताउदै उमा भन्नु हुन्छ “पारिवारीक सपोर्ट र सहयोगको सन्दर्भमा मैले जति सकारात्मक सहयोग र सपोर्ट सायद सन्सारका कुनै नारिले पनि पाएका छेनन होला मैले त्यति धेरै पाएकी छु । एउटी नारि सफल बन्नका लागि उस्लाई पारिवारीक सपोर्ट सवै भनदा महत्वुणृ हुन्छ ।” हाँस्दै उहाँ थप्नु हुन्छ “कहिले कहिँ श्रीमानको पकेट खर्च र छोराहरुको स्कुल खर्च पनि मेरै कमाइ वाट भर्ने गरेकी छु ।” फेरी पुराना श्रीमान सँग जिवन गाँसिएका दिनहरु संझदै उमा थप्नु हुन्छ “सायद उहाँ सँग मेरो विवाह भएको थिएन भने मैले यति धेरै सफलता पाउने थिइन होला । सुरुमा दुख भए पनि अहिले मलाई कुनै दुःख छैन मलाइ हरेक काममा सहयोग गर्ने, अनि मलाई बुझ्ने श्रीमान हुनुहुन्छ, छोराहरु पनि मेरो काम र समयलाइ ख्याल गर्छन उनिहर पनि मेरो काममा उत्तिकै सहयोग गर्छन मैले घर छाडेर लामो समय सम्म हिँड्दा पनि घर भित्रको केहि पनि काम वित्न दिदैनन ।”
हाल उमाको सौन्दर्य ब्युटि पार्लरमा ४२ जनाले शिप सिक्दै छन भने सुरु देखि हाल सम्म सिकेर धेरैले आफ्नै ब्यवसायको सुरुवात गर्दै सफल जिवनयापन गरिरहेको वताउदै उहाँ भन्नु हुन्छ “मैले सिकाएका विद्यार्थीहरुमै वेहुली श्रृङ्गार प्रतियोगिता यहि चैत्र २५ गते झापा विर्तामोडको आदर्श ब्याङ्क्वेटमा सञ्चालन गर्ने तयारी गर्दै छु ।” सौन्दर्य कला ब्यवसायि संघ विर्तामोडकी अध्यक्ष समेत रहनु भएकी उमा सफल महिला उद्यमीको रुपमा परिचित हुनुहुन्छ । उहाँले गरेको संघर्ष र हाल पारेको सफलता उद्यमशिल वन्न चाहने नारिका लागि एउटा गतिलो पाठ वनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit