२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

यसरी जल्यो शिवाकोटीको घर

शिवसताक्षी , शिवसताक्षीे नगरपालिकाको दूधेमा आगलागी हुँदा सात लाख मूल्य वरावरको क्षति भएको छ ।
शिवसताक्षी ११ स्थित दूधे बजारमा स्थानीय भगीरथ शिवकोटीको घर जल्दा ७ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

शिवाकोटीको घरमा शंकर ठाकुर र अम्मर भुजेल डेरा बस्दै आएका थिए । आगलागीबाट ठाकुर र भुजेलको सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।

प्रत्यक्षदर्शीका अनुसार घरमा कोही नभएको बेला अचानक आगो लागेको बताइएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको अनुमान छ । आगलागी स्थानीयबासी, प्रहरी र दमक नगरपालिकाको दमकलले एक घण्टापछि नियन्त्रणमा लिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit