२०८३ असार १० बुधबार
Search
Close this search box.

न्याय सम्पादनमा कचनकवल गाउँपालिका जिल्लामै उत्कृष्ट

झापा । कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजनामा कानुनी साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रम शनिवार सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्य तथा झापा जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको सहजीकरणमा भएको कार्यक्रममा कार्यपालिका सदस्य , न्यायिक समिति ,वडा सचिवहरु तथा मेलमिलापकर्ताहरुसंग अन्तरक्रिया गरिएको थियो ।

कानुनी उपचारलाई सरल, सहज र सबैको पहुँच बनाउन कचनकवल न्यायिक समितिले सामाजिक विवादका विषयहरु मेलमिलाप विधिद्वारा छिटो, छरितो एवं सामाजिक न्यायको विधिवाट समाधान गर्दै आएको पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक नवराज भट्टराईले बताए ।स्थानीय निकायद्वारा प्रदान गरिने न्याय सम्पादन र मेलमिलापमा कचनकवल गाउँपालिका जिल्लामै उत्कृष्ट स्थानमा रहेको उजुरी प्रशासक सरला लुइटेलले जानकारी गराइन् ।

प्रमुख अतिथिको आसनवाट बोल्दै गाउँपालिका अध्यक्ष राजवंशीले मेलमिलापका लागि मेलमिलापकर्ताहरुले खेलेको भूमिकाको प्रशंसा गरे । पालिकाले न्याय सम्पादनका लागि आवश्यक बजेट तर्जुमा गरेको छ । भौतिक पूर्वाधारलगायत सम्पूर्ण सामग्रीको व्यवस्थापन पालिकाले गरेको हो । समाज मिलाई समाजलाई सकारात्मकतातर्फ डोर्याउने अहिलेको आवश्यकता हो भन्दै अध्यक्ष राजवंशीले यो आम सचेत नागरिकको कर्तब्य भएकाले समतामूलक समाज निर्माणका लागि सबै नागरिक कर्तब्य परायण हुनु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit