२०८२ चैत्र ९ सोमबार
Search
Close this search box.

एसियाली बेल्ट कुस्ती च्याम्पियनसीपमा नेपालका सुरेश चुनाराले जिते कांस्य पदक

झापा । भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्ल्यूडब्ल्यू एसियाली बेल्ट कुस्ती अलिश  च्याम्पियनसीप  २०२५ मा नेपालका सुरेश चुनाराले कांस्य पदक जितेका छन्।

दिल्लीस्थित तालकटोरा इनडोर स्टेडियममा आयोजित प्रतियोगिताको ८० केजी पुरुष फ्री स्टाइल प्रतिस्पर्धामा चुनाराले शनिबार तेस्रो स्थान प्राप्त गर्दै कांस्य पदक जितेको नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीले जनाकारी दिए।
उक्त प्रतिस्पर्धामा काजकिस्तानका अइबोलोट अमानोभ पहिलो तथा भारतका कुभेनु पुरो दोस्रो भए।

सम्मान समारोहमा सुरेश चुनारालाई आयोजक संस्थाहरू एआइटीडब्ल्यूपीएफ, एशियन अलिश फेडेरेसन र वर्ल्ड अलिश फेडेरेसनका प्रतिनिधिहरूले प्रमाणपत्र र पदक प्रदान गरेका थिए।
एसियाका विभिन्न राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा चुनाराले अनुशासन, मेहनत र समर्पणसहित प्रदर्शन गरी कांस्य पदक प्राप्त गर्न सफल भएको संघका अध्यक्ष कुसारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit