२०८३ असार १० बुधबार
Search
Close this search box.

कनकाई नगरद्वारा वेवारिसे २ वालकको उद्वार

झापा, झापाको कनकाई नगरपालिकाले दुई जना वालकको उद्वार गरेकोे छ । कनकाई नगरपालिकाको नगर बालअधिकार समितिको समन्वयमा जोखिममा रहेका दुई जना बालकहरुको उद्धार गरेको हो ।
गोप्य सूचनाका आधारमा जोखिमपूर्ण श्रममा लगाइएको मानसिक अवस्था कमजोर भएका अन्दाजी ११ बर्षिय दुवै बालक वेवारसे अवस्थामा भेटिएका थिए ।
दुई बालकहरुलाई नगरपालिकाको बालकल्याण इकाईको नेतृत्वमा बाल हेल्पलाईन १०९८ विराटनगर र प्रहरीसहितको संयुक्त टोलीले जेठ ८ गते उद्धार गरेको हो । वालकलाई कनकाई ५ बाट उद्वार गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
उद्धार गरिएका बालकहरुलाई कनकाई नगरपालिकाका नगर प्रमुख पोखरेलको रोहवरमा नगर बालअधिकार समितिका अध्यक्ष तथा उपप्रमुख आशा शर्मा शिवाकोटीले अस्थायी संरक्षणका लागि बाल हेल्पलाईन १०९८ विराटनगरलाई हस्तान्तरण गरिएको हो ।
त्यस्ता जोखिममा रहेका बालबालिका कहिकतै भेटिए तत्कालै बाल अधिकार समितिहरु वा बाल हेल्पलाईनमा जानकारी गराउन बालकल्याण अधिकारी उमानाथ ढकालले आग्रह गरेका छन् ।
यतिबेला कनकाई नगरपालिका देशकै उत्कृष्ट बालमैत्री स्थानीय शासन युक्त नगरपालिका बन्ने लक्ष्यका साथ क्रियाशील रुपले कार्य गरिरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले बताउनुभयो ।
कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरेको छ । आगामी २०८०÷ ८१ मा नगरलाई बालमैत्री घोषणाको तयारी गर्दै कनकाई नगरले तीन वटा वडालाई आर्थिक बर्ष २०७९÷०८० मा बालमैत्री घोषणाको तयारी गरेको बालस्रोत व्यक्ति प्रजेश खनालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit