२०८३ बैशाख २५ शुक्रबार
Search
Close this search box.

६२ औं राष्ट्रिय सहकारी दिवस

 

बिर्तामोड, जिल्ला सहकारी संघ झापाले आज ६२ औं राष्ट्रिय सहकारी दिवस मनाउने भएको छ ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नाराका साथ शिवसताक्षी नगरपालिकाको दुधेमा एक समारोहकाबीच सहकारी दिवस मनाउन लागेको जिल्ला सहकारी संघ झापाले जनाएको छ । दिवसको उद्घाट १ नम्वर प्देशकी उपसभामुख सरस्वती पोखरेलले गर्ने जिल्ला सहकारी संघ झापाले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । झापा जिल्ला भित्रका सहकारी उत्पादनको २० स्टल राखिने र इलाम र पाँचथरका सहकारीले पनि स्टल राख्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । समारोहमा झापाका सफल उद्यमशीलताको डकुमेन्ट्री प्रस्तुत गरिने जनाइएके छ ।

सहकारी दिवसका अवसरमा उत्कृष्ट सहकारी व्यक्तित्वका रुपमा हरिचरण वानिया, भोजकुमारी नेपाल, उत्कृष्ट सहकारी सञ्चालक पुरुष तर्फ यमकुमार चुडाल, उत्कृष्ट सहकारी महिला सञ्चालक खिनमाया वास्तोलालाई सम्मानन गरिने जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले जानकारी दिए । त्यस्तै उत्कृष्ट सहकारी व्यवस्थापकका रुपमा फडिन्द्र वहादुर कार्की महिलामा चन्द्रा सिटौला, उत्कृष्ट सञ्चार गृह लोकतन्त्र पोष्ट र उत्कृष्ट पत्रकारका रुपमा गञ्जवहादुर दाहाललाई सम्मान गरिने बताइएको छ ।

त्यस्तै दुर्गेश्वरी कृषि सहकारी, धौलागिरी पारिजात, कलवलगुरी कृषि सहकारी, श्रद्धा कृषि सकहारी चौतारी बचत तथा ऋण सहकारी र जुरोपानी साना किसान कृषि सहकारीलाई उत्कृष्ट सहकारी संस्थाका रुपमा सम्मान गरिने संघका सचिव युवराज ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit