२०८३ असार १० बुधबार
Search
Close this search box.

फेसबुकलाई नियन्त्रण गर्न सरकार जिम्मेवार हुनुपर्छ : जुकरबर्ग

झापा, नेपाल सरकारले सामाजिक सञ्जालमाथि नियन्त्रण गर्ने भन्दै गर्दा नेपालमा विरोध भइरहेको छ । सरकारले समाजलाई सभ्य बनाउँनको लागि र कम्पनीहरुलाई करको दायरामा ल्याउनको लागि पहल थालेको छ । सरकारले सामाजिक सञ्जालको गलत्त प्रयोग गर्ने गरेको भन्दै नियन्त्रण गर्ने जनाएको हो ।

सरकारको यो कामलाई लिएर धेरैले सर्मथन पनि गरेका छन् । सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको नभई कानुनी नियन्त्रणमा ल्याउँने जनाएको छ । यो बिचमा फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि सरकारले फेसबुक नियन्त्रण गर्नुपर्ने जनाउँनु भएको छ । अमेरिकी पत्रिका द वाशिंगटन पोस्टमा छापिएको खबर अनुसार मार्क जुकरबर्गले युरोपियन देशहरुमा भएको जनरल डेटा प्रोटेक्शन रेगुलेशन(जीडीपीआर) व्यवस्था अन्य देशहरुमा पनि लागु हुनुपर्दछ ।

फेसबुकमा हुने अश्लीलता, लगायतका असामान्य कामहरुको निगरानी हरेक देशको सरकारले गर्नुपर्ने उहाँले दावी गर्नुभएको छ । अर्को तिर फेसबुक चलाउँने जनताका बारेमा पनि त्यो देशको सरकारले ख्याल गर्नुपर्ने उहाँको दावा छ । यसरी सरकार सक्रिय भएका अहिले भइरहेको समस्यालाई रोक्न ठुलो सहयोग पुग्ने देखिएको छ । अहिले विश्वभर सञ्जाल रहेको फेसबुकलाई ग्राहकका डाटा चोरेको आरोप लागेको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit