बिर्तामोड, यातायात व्यवस्था कार्यालय मेचीले ट्रायल सेन्टरमा सीसी क्यामेरा जडान गरेको छ ।

कार्यालयको कामलाई चुस्त दुरुस्त बनाउदै सवारी चालक अनुमतीपत्र ‘लाइसेन्स’को परीक्षा लाई समेत अझ मर्यादित बनाउन सीसी क्यामेरा जनाड गरिएको कार्यालय प्रमु्ख खरुदेव चुडालले बताउनुभयो ।
यातायात ब्यवस्था कार्यालय मेचीले फोटो खिचाएकै दिन लिखित परीक्षा सञ्चालनको सुरुवात गरेका छ भने ट्रायल सेन्टरमा समेत सीसी क्यामेरा जडान गरेको छ । जसवाट परीक्षालाई अझ व्यवस्थित र मर्यादित हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताउनुभयो । उहाँले भन्नुभयो –‘ सीसी क्यामेरा जडान पछि काम गर्न थप उर्जा थपिएको छ । क्यामेराले निगरानी सुरु गरेपछि पारदर्शीता हुन्छ । ’

ट्रायल सेन्टरमा दुई लाख हाराहारीको खर्चमा ६ वटा सीसी क्यामेरा जडान गरिएको बताइएको छ ।

















