
नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले देशव्यापी रुपमा मेची महाकाली जनजागरण अभियान थालनी गरेको छ । पुरानो सत्ता र व्यवस्था दलाल, पूँजीपति वर्गको पक्षमा रहेको औल्याउँदै जनताको हक, अधिकारको सुनिश्चितताका लागि क्रान्तिको बाँकी कार्यभार पूरा देशव्यापी जनजागरण अभियान थालनी गरिएको र झापासहित देशभरका चार ठाउँबाट एकै पटक आज मंगलवारबाट अभिभायन शुरु हुँदैछ । सोही विषयमा १०पार्टीका प्रवक्ता हरिभक्त कँडेलसंग गरिएको कुराकानी ।
के सिलसिलामा झापा आउनुभयो ?
पार्टीको जिम्वेवारी अनुसार म झापा आएको हुँ । म पार्टीको १ नम्वर २ नम्वर प्रदेश इञ्चार्ज भएको नाताले पनि भाmपासंग मेरो सम्पर्क नजिक भएको छ । त्यसमाथि नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले देशव्यापी रुपमा मेची महाकाली जनजागरण अभियान थालनि गरेको छ । सो अभिभायनको उद्घाटनका लागि म झापामा छु ।
अभिभायन के का लागि अनि कहिलेबाट शुरु हुने हो ?
अभियान मंगलवारबाट शुरु हुन्छ । झापाको काँकरभिट्टसहित पश्चिम कञ्चनपुरको गड्डाचौकी, मध्यपश्चिममा पोखरा र राजधानी काठमाडौं गरी चार ठाउँबाट भोलि मेची महाकाली जनजागरण अभियानको एकै पटक उद्घाटन गर्दैछ । मेची महाकाली जनजागरण अभियान १५ दिनसम्म चल्छ ।
वर्तमान संसदीय व्यवस्था दलाली, भ्रष्टिकरणको संरक्षण गर्दै जनघात, राष्ट्रघातको बाटोमा अगाडि बढिरहेको छ, देशी विदेशी शक्तिहरुले विस्तारवादी, साम्राज्यवादी नीतिको प्रभाव बढाउँदै गएका छन् , यतिबेला क्रान्तिकारी शक्तिहरुबीचको एकता अपरिहार्य देखिएको छ त्यसैले हामीले मेची महाकाली जनजागरण अभियान थालनी गरेका हौं ।
नेपालमा विदेशी शक्तिहरुले विस्तारवादी, साम्राज्यवादी नीतिको प्रभाव देखाए भन्नुभयो यहाँले के आधारमा भन्नुभएको हो ?

नेपाल विभिन्न प्रकारको हस्तक्षेपमा छ । मुख्यतया भौगोलिक हस्तक्षेपमा नेपाल पारेको छ । जसका कारण नेपाल खुम्चदै गएको छ । भारतीय विस्तारवादले नेपाललाई नराम्ररी जकडेको छ । तीन तीर भारत छ । देशभरका ७१ भन्दा बढी ठाउँबाट सिमा अतिक्रमण भएको छ । डुवान गराउने, आफ्नो अनुकुलमा वाँध वाध्ने । अन्तराष्ट्रिय नीति विपरितमा काम गर्दा पनि नेपालको शासक वर्ग त्यो विषयमा बोल्दैन र वोले पनि टेर्दैन । एक अर्थमा भन्ने हो भने नेपाललाई भारतले उपनिवेस जस्तो बनाइ सक्यो ।
अर्काे हेर्ने हो भने सिमा क्षेत्रमा भौतिक संरचना बनाउने काम धमाधम भइरहेको छ । कतिपय ठाँउमा उच्च वाँध बान्दै वाटो बनेउने , कतिपय ठाउँमा घर बनाउने , दस गजामै घर बनाएका छन् । नेपालको कूल क्षेत्रफल अहिले एक लाख ३७ हजार वर्ग किलोमिटरमा खुम्चेको छ । त्यो भारतले विभिन्न वहानामा सिम मिच्दा पनि नेपालको शासक वर्ग बोल्दैन । नक्सा नै घटाएर यत्रो राष्ट्रियताको विषयलाई तोडमोड भएको छ यो भन्दा अरु आधार के नै चाहिन्छ र ? राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्न अरु आधार नै चाहिदैन । खै हाम्रो १० हजार वर्ग किलो मिटर क्षेत्रफल , कहाँ गयो ? कहिले हरायो १० हजार वर्ग मिटर क्षेत्रफल ? यत्रो भुभाग हराउँदा पनि शिक्षित भनिने वर्गालाई पनि यो विषय थाहा छैन । हामी जागरण अभियानमा यो पनि सवै नेपालीलाई जानकारी गराउँछौं । अव यहाँले कुरा गर्नु होला भूगोल मात्र किन राष्ट्रियताको पक्षमा ? तर त्ये मात्र होइन । भूगाल पहिलो भएपनि राजीनिक, आर्थिक , सामाजिक पक्ष पनि भारतको कव्जामा छ । नेपाल हिजो पनि उपनिवेस बनेन आज पनि नवनोस भन्नका लागि हामीले जागरण अभियान थालेका हौं ।
नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरिरहेको समूहसंग पनि पार्टी एकताको चर्चा पनि चलिरहेको छ नि । के – के विषयमा छलफल भए ?
विप्लवसंग मात्र होइन क्रान्तिकारी शक्तिहरुबीचको एकता अपरिहार्य देखिएको छ । यस्तो अवस्थामा पार्टी एकताको लागि विभिन्न समयमा विप्लव समूह लगायत अरुपनि क्रान्तिकारी शक्तिहरुसँग पार्टी एकताको लागि छलफलहरु भएका छन । क्रान्तिलाई केन्द्र बिन्दु बनाउने हो भने, विचार, राजनीति र कार्यदीशाका आधारमा एकता गर्नुपर्छ भन्नेमा हाम्रो जोड छ । विप्लव जीहरुसंगको भावनात्मक कुराहरुमा मात्र जोड देखियो, उहाँहरु राजनीतिक वैचारिक कुरामा सहमत नहुने स्थिति देखिएको छ । यस्तो अवस्थामा तत्कालै पार्टी एकता हुन सक्दैन तथापि उहाँहरुले एकता गर्न चाहेमा एकता नहुँने भन्ने चाँही होइन ।’ देशमा अन्तराष्ट्रिय शक्तिहरुले विस्तारवादी, साम्राज्यवादी नीतिको प्रभाव बढाउँदै गएको अवस्थामा क्रान्तिकारी शक्तिहरुबीचको एकता अपरिहार्य देखिएको छ, यस्तो अवस्थामा निश्चित कार्यदीशा वनाई विचार मिल्ने शक्तिहरुबीत एकाता हुनसक्छ ।
दुई नेकपा एक भए, त्यही नेकपाबाट फुटेर आज तपाई यहाँ हुनुहुन्छ ? के था भोलि त्यही नेकपासंग फेरि यहाँहरु जोडिनु त हुन्न ?
राजकीय पूँजीको विकास नभई हामी समाजवादमा जान सक्दैनौं । अहिले पूँजीवादको विकास भयो भन्नेहरु पनि एक थरि छन् । त्यो मित्था कुरा हो । किन भने त्यस्तो पूँजीबादको विकास भएको भए के नेपालमा त्यस्ता उद्योग धन्दा र कलकारखाना छन् त ? भएका पनि बेचेर खाए । नीजिकरण र उदारीकरणका नाममा कहिले कांग्रेसले बेचेर खायो त कहिले एमालेले अनि कहिले माओवादीले बेचेर खायो । राज्यको दलाली गर्नेहरु अहिले सासन शक्तामा छन् यस्तो अवस्थामा अहिले हाम्रो उनीहरुसंग कुनै एकता हुँदैन । राष्ट्रियताको विकस नहुन्जेल हामी आफ्ना अडान छाड्दैनौं । हामीले भनेका राजकीय पूँजीको विकास नभई हाम्रो आन्दोलन रोकिँदैन । राज्य नियन्त्रित पूँजीहुँन राष्ट्रिय भावना हुनुपर्छ, भिजन हुनुपर्छ , आत्मनिर्भर हुने ठाउँहरु के के छन् त्यसको खोजी हुनुपर्छ , जनताको प्राचमिकतासंग जोडेर अहिलेको आवश्यकता के हो त्यसको खोजी हुनुपर्छ, कतिपय यहाँ नभएका चिजहरु वाहिरवाट खरिद गर्नुु पर्छ त्यो ठीक छ तर पहिलो प्राथमिकता के हो त्यो त वुझ्न सक्नु प¥यो नि । त्यो वुझ्न सक्ने भिजन नै अहिलेको शासन गर्ने वर्गसंग छैन । त्यसको भएको हुनाले हामी जुन डाउँमा छौं ठीक ठाउँमा छौं ।
हिजो हामीले २००७ सालमा प्रजातन्त्र आयो भनेर हल्ला गर्यौं, तर त्यो हल्ला हल्लामौ सीमित रह्यो । वास्तवमा प्रजातन्त्र आएन । हामीले देख्यौं राणा शासन ढल्यो प्रवृति ढलेन । फेरिपनि सामन्तवाद नयाँ ढंगले प्रस्तुत भयो । हिजो राजाले बोके, कांग्रेसले बोक्यो अनि भारतले त्यसको फाइदा उठाायो । पछि बहुदल आयो वहुदल आएपछि पनि त्यही प्रवृत्ति दोहोरिरह्यो । संवैधानिक राजतन्त्र भने, वहुदलीय प्रजातन्त्र भने, २०६३/०६३ को आन्दोलनले पनि यो संसदीय व्यवस्था ठीक छैन भने त्यसलाई पनि बदलियो तर दिल्ली सम्झौता नै केन्द्रविन्दूमा राखेर आत्मसमपर्णको दीशामा गए । प्रचण्ड अहिले नयाँ जोगीले खरानी घसेझैं भाछन् । परिस्थिति नयाँ ढंगको भएपनि कम्युनिष्टको नाममा ठगिराछन् । यस्तो अवस्थामा राष्ट्रियता जोगाउन हाम्रो दायित्व हो । हामी भारतको नव उपनिवेस होइनौं है भन्न पनि हामी अहिले बैचारिक लडाइमा छौं ।
नेपाललाई भारतले उपनिवेस बनायो भन्दै हुनुहुन्छ के आधारमा बनायो भन्न सक्नुहुन्छ ? यो त राष्ट्रियता माथि यहाँले धावा बोलेको होइन ?
भारतले हिजोको उपनिवेस गर्ने तरिका र आजको उपनिवेस बनाउने तरिका मात्रै फरक छ । सेना नराखिकन विदेशी शक्तिहरुले चलखेल गर्ने त्यहाँ चाँही माइक्रो स्टाइलले नेपाली मुलका मनिस राखेर भारतले नेपालीमाथि दलाल गरिरहेको छ । त्यो सवै नेपाली नागरिक नै छन् । यो स्टाइलमा नेपाल भसेको छ । यदि राष्टवादी सोच हुँदो हो त सवै शक्तिहरु एक ठाउँमा वसेर काँग्रेस, नेकपा, त म ऊँ नभनि नेपाललाई कसरी समृद्ध वनाउन सकिन्छ भन्ने विषयमा छलफल हुनु पर्थो नि । त्यो भावना कसैसंग छैन । अहिले कसरी विदेशी शक्तिलाई नेपाल भित्र्उन सकिन्छ ,कसरी कमिसन खान सकिन्छ त्यो संस्थागत भएर गएको छ । त्यस्तो टे«नले देशको भलो गर्दैन । एउटा उदाहरण मात्रै हेर्यौ भने थाहा हुन्छ कि एनसेल प्रकरण र वाइटवडी प्रकरण ।
हिजो प्रचण्डले नेतृत्व गरेकै पार्टीसंग रहेर राष्ट्रिय राजनीतिमा यहाँहरु देखापर्नुभयो । आज अलग हुनुहुन्छ । राष्ट्रियताको कुरा गरिरहदा भोलि नेतृत्वमा पुगेर यहाँहरुको सोच पनि त वदलिन सक्छ नि जनताले तपाइलाई के आधारले विश्वास गर्ने ?
हो सही कुरा उठाउनुभयो । नेतृत्व वदलिदा सोच वदलिने भए आज हामी प्रचण्ड जीसंगै हुन्थ्यौं । हामी विचारमा फटेका थिएनौं । तर प्रचण्डजीले विचारको राजनीति छाडेकाले हामी अलग भएका हौं । हाम्रो पार्टीको नीति अनुरुप नेपाली जनताको हित हुने मात्रै हामीले काम गर्ने संकल्प लिएका । हाम्रा विचार वलदिदैनन् । प्रवृत्ति वदलिदैनन् । हामी एक ढिंक्का छौं । राष्ट्रियताको रक्षाका लागि हामी अलिकति पनि विचलित हुँदैनौं ।

















