२०८३ बैशाख २८ सोमबार
Search
Close this search box.

‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज पक्राउ

 

विराटनगर,  प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिष्ट पार्टीको मोरङ इन्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्वल) लाई पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक मनोजकुमार केसीका अनुसार श्रेष्ठलाई आज मोरङबाट पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान लगिएको छ । यसअघि सोही समूहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । मोरङमा विप्लव समूहको गतिविधिलाई निस्तेज पार्न र नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

भर्खरै

https://purwanchaltoday.com/wp-admin/post.php?post=3812&action=edit