झापा, भन्सार छलेर नेपाल भित्राइएको करिब ६ लाख मुल्य बराबरको सामान बरामद गरिएको छ । सशस्त्र प्रहरीले बिर्तामोडबाट चार लाख र नेपाल प्रहरीले भद्रपुरबाट दुई लाखको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल हेक्वा झापा गण नम्बर २ बाट खटिएका प्रहरी टोली सवारीसाधन चेकजाँचको क्रममा पूर्व पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड ६ स्थित बुट्टाबारीबाट उक्त मुल्य बराबरको सामान बरामद गरेको हो । बरामद गरिएको सामानमा तयारी लत्ताकपडा र इलोक्ट्रोनिक्स सामग्री रहेको जनाइएको छ ।

बरामद गरिएको सामानलाई मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइसकेको जनाइएको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका ५ नयाँबजारबाट सोमवार राती अन्दाजी २ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरी टोलीले राती १० बजे भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पाँच पोका कपडा बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया