- केशवराज भण्डारी

बिर्तामोड, झापाको विर्तामोडमै इनेरियर डिजाइन शुरु गरेकी साहाना अली यति वेला इन्टेरियर तथा एक्सटेरियर डिजाइनमा ब्यस्त हुनुहुन्छ ।
घर निर्माण हुनु पूर्व या निर्माण सम्पन्न भइसकेपछिको घर सजावट अर्थात डिजाइनका लागि विगतमा भारत वा अन्य देशमा मात्र डिजाइन गराउने सुविधा थियो । पछिल्लो समयमा फर्निचर तथा आल्मुनियम ब्यवसायिहरुले विदेसी डिजाइनरको डिजाइन अनुसार घर कोठाको ब्यवस्थापन तथा श्रृङ्गार गर्ने चलन बढेको छ । झापा अर्जुनधारा नगरपालिका वडा नं. ८ निवासी २४ वर्षीया साहाना अली डिजाइनमा निपूर्ण हुनुहुन्छ । काममा आफू दक्ष भएसंगै उहाँले आफैं यो व्यवसाय शुरु गर्नुभएको छ।
इनटेरियर तथा एक्स्टेरियर अर्थात घर भित्र तथा वाहिर दुवैको कमर्सियल तथा रेसिडेन्टल डिजाइन गर्ने साहानाले आइ एन आइ एफ डि अन्तर्गत भारतको सिलिगुडीमा डिजाइनको कोर्ष सुरु गर्नुभएको साहानाले साइनाथ युनिर्भसिटि झारखण्डको सम्वन्धन प्राप्त नया दिल्लीमा रहेको एक कलेज वाट २ वर्षको ग्रयाजुएसन कोर्ष गरी १ वर्ष गर्नुभयो । नयाँ दिल्लीकै साउथ एक्स डिभाइन इन्टेरियरमा जागिरसँग सँगै इनट्रनशिप गरिसके पछि आफ्नै देशमा फर्किएर बैंक, अफिस, घर, हस्पिटल, स्कूल, पसल, म्युजियम, रेष्टुरेन्ट एण्ड वार, सो रुम, वाल वच्चाहरुका लागि घर भित्र वा बाहिर खेल्ने ठाउँ लगायतकोे वास्तु सास्त्र अनुसारनै आकर्षक डिजाइन गर्दै आउनुभएको छ अहिले ।
विर्तामोडस्थित निल डेभिडको आधुनिक सुविधा सम्पन्न सैलुनको डिजाइन गरिसकेकी साहाना “विदेसमा गएर हामीले केही सिकेर आउने हो त्यो सिप लाई आफ्नै देसमा प्रयोगमा ल्याउन सकियो भने देश विकास हुने बताउनुहुन्छ ।
टु डि तथा थ्रि डि क्वालिटीमा डिजाइन गर्ने गरेकी साहानाले विर्तामोड नगरपालिका वडा नं. ५ को पाथिभरा टोल रोड नं. १ मा सना इन्टेरियर डिजाइन नाम दिएर ६ महिना अघि देखि डिजाइनको सुरु गर्नु भएको छ । लगभग १२ वटा फरक फरक डिजाइनको काम सम्पन्न गर्नुभएकी साहानाले २० वडा डिजाइको काम संझौता गरिरहनुभएको छ ।
साहानाको परिवारमा बुवा आमा र भाइ छन । बुवा आमाको छुट्टै सिरक दोकान छ भने भाइले पनि १२ कक्षा उत्तीर्ण गरी आर्किटेक्ट अध्ययनका लागि तयारिगरिरहेका छन । भाइले आर्किटेक्टको कोर्ष सकेपछि भने दिदि भाइको पढाइ र ब्यवसाय एक सिकाका दुइ पाटा हुने बताउदै साहाना भन्नुहुन्छ “ भाइले कोर्ष सके पछी मैले डिजाइन गर्छु भाइले डिजाइन अनुसारको काम गर्छन त्यसले मलाई र भाइ दुवैलाई काम गर्न सहज हुन्छ ।”
आत्मविश्वास र सहासका साथ साहानाले सुरुवात गरेको ब्यवसाय झापामा नौलो भए पनि विकासमा समयको माग अनुसारको नयाँ सोच वाट अगाडि वढेको छ । जस्ले नेपाली युवा पिढीमा देसमै केही गर्न सकिने सन्देश दिएको छ ।

तपाईको प्रतिक्रिया