बिर्तामोड ,’द बल्र्ड हिरो कप’ का विजेता विवेक गिरीले सरकारले तोक्वान्दो खेललाई महत्व नदिएको बताएका छन् ।

सन् २०१८ को डिसेम्बरमा चीनमा भएको ’द बल्र्ड हिरो कप’मा झापाको अर्जुनधारा–९ का १७ वर्षीय विवेकले उमेर समूह र ४५ केजी तौल समुह मुनिको प्रतिनिधित्व गर्दै नेपालको तर्फबाट भाग लिनुभएको थियो ।

१४ राष्ट्र सहभागि प्रतियोगितामा उहाँ च्याम्पियन बन्दै देशका लागि उपाधि दिलाउनुभएको थियो । हाल सम्म तीनवटा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका विवेकले सन् २०१४ मा भारतको आसाम, सन् २०१८ मा नै नेपालको इटहरीमा भएको अन्तराष्ट्रिय फेण्ड सीप प्रतियोगितामा सहभागिता जनाएको जानकारी दिनुभयो ।
उहाँले नेपालका विभिन्न स्थानमा भएको प्रतियोगितामा भने धेरै उपाधि हात पार्न सकेको बताउनुभयो । बिर्तामोड स्थित मनकामना कलेजमा कक्षा १२ मा अध्ययनरत विवेकलाई बुबा दलबहादुर गिरी र आमा सरस्वती गिरीले साथ दिएको बताउनुभयो । परिवारबाट राम्रो साथ पाएकाले आफू देशविदेशका विभिन्न प्रतियोगितामा सहभागि बन्न जाने गरेपनि सरकारी पक्षबाट भने सोचे जस्तो सहयोग प्राप्त गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले तोक्वान्दोको सेकेण्ड डानको स्तरमा रहेको र प्रतियोगिताको अन्य स्तरमा पनि सहभागिता जानउने क्रम जारी राखेको बताउनुभयो ।

सानै उमेरमा छोराले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर देशका लागि उपाधि दिलाएको भनदै परिवारले पनि खुशी ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया