झापा बिर्तामोड– ३ का श्याम प्रसाई – जो एसपी नामबाट परिचित हुनुहुन्छ । उहाँको परिचय यतिमा मात्र सिमित छैन, जिल्लाकै अग्रज युवा व्यवसायी पनि हो उहाँ ।
२७ वर्षदेखि निरन्तर व्यवसाय सञ्चालन गर्दै आउनुभएका एसपी नेपाल ढुवानी व्यवसायी संघको संस्थापक हुनुहुन्छ । ३३ हजार रुपैयाँबाट व्यवसाय सञ्चालन गर्नुभएका एसपीले अहिले करोडौंको व्यवसाय सञ्चालन गरिरहनु भएको छ भने धेरैलाई रोजगारी समेत दिलाउनु भएको छ ।
सानैबाट व्यवसायमा झुकाव राख्ने उहाँले अहिले कृष्ण रोडवेज ढुवानी सेवा र जय हनुमान सप्लायर्स (आयात निर्यात)को काम गरिरहनु भएको छ । फर्निचर व्यवसायबाट व्यवसायिक क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले कपडा व्यापार , मोटरसाइकल खरिद विक्री हुँदै देशभर एनसेलको टावर समेत निर्माण गर्नु भ्याउनुभयो । ५९ जिल्लाको सदरमुकाम सहित देशका विभिन्न एकसय ठाउँमा एनसेलको टावर निर्माण गर्नु हुने श्यामको नाम अहिले झापामा मात्र सिमित छैन एसपी प्रसाई नामवाट उहाँ युवा व्यवसायीको रुपमा देशभर परिचित हुनुहुन्छ ।
खेलकुद क्षेत्रमा पनि उहाँको दखल उत्तिकै छ । झापा गोल्डकप मूल आयोजक समिति सहित उहाँले जिल्ला तथा राष्ट्रिय स्तरमा हुने हरेक खेलमा सक्रिय सहभागीता जनाउँदै आउनु भएको छ । पत्थरभिट्टा, शैनिक, बिर्तामोड, मुनाल क्वलमा रहेर उहाँले डिफेन्सको रुपमा यस अघि प्रतियोगितामा सहभागीता जनाएका कारण खेल क्षेत्रमा पनि उहाँको नाम अग्र पंक्तिमा आउँछ । खेलकुदमा रुची राख्ने भएकै कराण अधिकांश प्रतियोगितामा स्पोन्सर आफैं बन्ने गर्नुभएका प्रसाईले पछिल्लो समय लक्ष्मीपूरमा भएको ‘लक्ष्मीपूर भेट्रान फुटवल प्रतियोगिता’का लागि सबै पुरस्कार वन्दोवस्त गर्नुभएको थियो ।
सामाजिक संघ संस्था, वैंक तथा वित्तिय संस्था, फुटवल क्लव, व्यवसायी संघ संस्थामा उहाँको कुनै न कुनै भूमिका रहन्छ नै । काँकरभिट्टा फुटवल क्लव ट्रेनिङ सेन्टरको संस्थापक सदस्य रहनु भएका एसपी मेची ट्रान्सपोर्ट एशोसिएसनको वरिष्ठ उपाध्यक्ष , सहारा नेपाल साकोसको सदस्य, झापा गोल्डकप मूल आयोजक समिति संस्थापक सदस्य समेत हुनुहुन्छ प्रसाई ।
असल युवा व्यवसायीको रुपमा परिचित प्रसाईले आफ्नै ठूलादाई पुण्य प्रसाईको प्रेरणाले काठको व्यवसाय शुरु गर्नुभयो । जतिवेला उहाँले एसएलसी मात्र उत्तीर्ण गुर्न भएको थियो । वावुलाल अग्रवालबाट कपडा र बिमल आचार्य (मेचीनगरपालिका– मेयर)को प्रेरणाबाट ढुवानी व्यवसाय शुरु गरेको उहाँको भनाई छ । जुन व्यवसायकै कारण उहाँँको दैनिकी र परिचय नै फेरिएको छ ।
व्यवसायकै माध्यमबाट उहाँले घर गाडी सबै जोड्नुभयो भने सामाजिक क्षेत्रमा पनि उहाँको उत्तिकै सद्भाव छ । सहयोगी मन र दान दातव्यमा रुचाउने प्रसाईले पछिल्लो पटक आफ्नो जन्म दिनमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखालाई २५ हजार ९ सय ९९ रुपैयाँ प्रदान गरेर जन्म दिनमा गरिने फजुल खर्चलाई सामाजिक काममा खर्चन सकिन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नुभयो । जुन कार्यको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले समेत मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।
स्कूलमा टिफिन खान दिएको पैसा खुत्रुकेमा जम्मा गरेर बचत भएको पैसाले एसएलसी व्यवसाय शुरु गर्नुभएका एसपी एकाएक ९ वटा ट्रकको मालिक बन्नुभयो । आफूलाई चढ्न दुई वटा कार समेत एसपीले राख्नु भएको छ । झापासहित काठमाडौंमा समेत उहाँले व्यवसायकै माध्यमबाट घर घडेडी जोड्न सफल हुनुभयो । व्यवसायमा सफलताको कडी के हो त ? एसपी भन्नुहुन्छ – व्यवसायप्रति लगनशीलता र इमान्दारिता र मेहनत नै हो ।

तपाईको प्रतिक्रिया