विराटनगर, यहाँ जारी महिला साफ फुटबल प्रतियोगितामा शनिबार नेपालले जीत दर्ता गर्दै समूह ए को विजेता भएको छ ।

आजको खेलमा बंगलादेशलाई ३–० गोलले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । यो जीतसँगै नेपालले पहिलो सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । नेपालले समूह बीको उपविजेतासँग चैत ६ गते पहिलो सेमिफाइनल खेल खेल्नेछ । नेपालले भोलि हुने भारत र श्रीलंकाबीचको उपविजेतासँग खेल्ने पक्का भएको छ ।

नेपालले पहिलो हाफमा बंगलादेशविरुद्ध तीन गोलको अग्रता लिएको थियो । खेलमा पहिलो गोल बंगलादेशको आत्मघाती उपहारबाट भएको थियो । दोस्रो गोल सावित्रा भण्डारीले गरिन् भने ३–० गोलको अग्रता दिलाउन मञ्जलीकुमारी योञ्जनको योगदान रह्यो ।

तपाईको प्रतिक्रिया