झापा,नेपालमा महिला पत्रकारको संख्या कम छ । त्यसमा पनि मोफसलमा महिला पत्रकारको संख्या ज्यादै न्यून छ । भौगोलिक बनावटका हिसावले अति नै कठिन र विकासका हिसावले पनि पछि नै रहेको हाम्रो जस्तो मुलुकमा रेडियोको भूमिका महत्वपूर्ण हुन्छ । तर,प्रभावकारी सञ्चारमाध्यमका रुपमा रहेको रेडियोमा काम गर्ने महिला सञ्चारकर्मी पुरुषको तुलनामा कमै छन् । पुरुषको तुलनामा महिलाहरुलाई अझैं पनि सामाजिक, पारिवारिक, सुरक्षा र काम गर्ने उचीत बातावरण नभई रहेको अवस्थामा झापामा भने महिला सञ्चारकर्मीको संख्या बढ्दै गएको छ । झापाका विभिन्न ठाउँमा विद्युतीय सञ्चारमाध्यम खुल्ने क्रम तीव्र भएसंगै रेडियोकर्मी बन्न झुकाव राख्ने महिलाको संख्यामा वृद्धि भएको हो ।
समय–समयमा विभिन्न रेडियोले सञ्चालन गरेको तालिममा सहभागी भएर महिलाले पनि आफ्नो नेतृत्व विकाससंगै विद्युतीय माध्यममा पहुँच जमाउन सफल भएका छन् । जसमध्ये लामो समयदेखि रेडियोमानै लगनशील र निष्ठापूर्वक काम गर्दै आएर हाल समाचार सम्पादकका रुपमा कार्यरत झापा बिर्तामोड निवासी टीका लामिछाने एक हुन् ।
उनले २०६३ सालमा पाथीभरा एफएमले आयोजना गरेको एक महिने पत्रकारिता तालिम लिएर सोही रेडियोबाट काम शुरु गरेकी थिइन् । तीन वर्षसम्म लगातार पाथीभरा एफएममा नै समाचार शाखामा काम गरे पश्चात भाग्य र भविष्य खोज्दै उनी काठमाण्डौबाट प्रशारण हुुने उज्यालो नाइन्टी नेटवर्कमा ठोक्किन पुगिन् । उनले त्यहाँ एक वर्षसम्म काम गरिन् । उज्यालोमा कार्यरत रहँदा सिकेको ज्ञानलाई अझ फराकिलो बनाउँदै समाजमा केही गर्ने सोच बोकेर २०६९ सालमा झापा फर्किएको बताउँछिन् लामिछाने ।
समाजमा अझै पनि लैङ्गिक समानता नभई रहेको अवस्थामा महिला सञ्चारकर्मीलाई काम गर्न अफ्ठयारो हुने गरेको उनको अनुभव छ । उनी भन्छिन् –‘यो क्षेत्रमा अझैपनि महिलाले खुलेर काम गर्ने वातावरण छैन तर झापामा महिला पत्रकारको संख्या बढेर गएको छ ।’आर्थिक समस्या, श्रोत साधनको अभावमा रिपोर्टिङमा जाँदा अरुको पछि लाग्नु पर्ने अवस्थामा महिलाले के नै पो गर्न सक्छन् रु यिनीहरुले के नै पो जानेका हुन्छन् भनेर होच्याउने गरेका कारण पनि महिला सञ्चारकर्मीलाई काम गर्न समस्या हुने गरेको लामिछानेको भनाइ छ । विगत डेढ वर्षदेखि रेडियो सनराइजमा समाचार सम्पादकको कार्यभार सम्हाल्दै आएकी लामिछाने समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण साँघुरो रहेकाले महिलाले खुलेर पत्रकारिता गर्न नसकेको बताउँछिन् । उनी भन्छिन् –‘महिला पत्रकारहरु त्यसमा पनि रेडियोकर्मी त विवाह पश्चात पलायन हुने गरेका छन् ।’ युवा पुस्ताका अधिकांश महिला रेडियोकर्मी बन्न झुकाव राखिरहेको समयमा आखिर किन महिला पत्रकारले विवाह पश्चात काम छाड्छन् त भन्ने जिज्ञासामा उनी भन्छिन्–‘ अरुको देखासिकी र लहैलहैमा लागेर आवश्यक योग्यता नपुगी रेडियोकर्मी बन्नु र सोचे अनुरुप आर्थिक उपार्जन गर्न नसक्दा पलायनको स्थिति आउँछ ।’
काम प्रति अत्यन्त लगनशील र खोज पत्रकारितामा रुची राख्ने लामिछाने पत्रकारले गहन अध्ययन गर्नु पर्ने र तथ्यलाई भेट्टाउने छवि भएकाले मात्र यो पेशामा राम्रो गर्न सक्ने बताउँछिन् ।
देश भर रहेका सञ्चारकर्मीहरुको विवरण यस्तो छ ।
Membership Area | Numbers of Members | Male | Female |
Province 1 | 1,434 | 1,147 | 287 |
Province 2 | 850 | 739 | 111 |
Province 3 | 1,284 | 1,004 | 280 |
Province 4 | 974 | 761 | 186 |
Province 5 | 1,761 | 1,431 | 330 |
Province 6 | 804 | 691 | 113 |
Province 7 | 996 | 876 | 120 |
Valley (Province 8) | 2,083 | 1,673 | 410 |
Corporate Branches (Province 9) | 2,118 | 1,694 | 417 |
Associate Organizations (Province 10) | 746 | 646 | 100 |
Total | 13,050 | 10,662 | 2,354 |
रेडियो सरगमकी कार्यक्रम निर्देशक सुष्मा राजवंशीको पनि अनुभव उस्तै छ । उनी भन्छिन्– ‘महिलाले नेतृत्व गरेको रेडियोले कतिका राम्रा कार्यक्रम उत्पादन गर्ला र रु महिलाले यस्तो जिम्मेवारी पूरा गर्न सक्दैनन् भनेर धेरैले निरुत्साहित गर्ने गरेको उनको भनाइ छ । धाइजन–९ मा जन्मिएकी उनी २०६७ असोजबाट इलेक्ट्रोनिक मिडियामा प्रवेश गरिन् ।
धुलावारीमा रहेको झापाको एकमात्र सामुदायिक रेडियो सरगमबाट समाचार बाचक भएर काम शुरु गरेकी उनी अहिले कार्यक्रम निर्देशक बनेकी छिन् । समाजमा महिलाले पनि केही गरेर देखाउन सक्छन् भने सोचका साथ कक्षा १२ मा अध्ययन गर्दागर्दै रेडियोमा काम गर्न शुरु गरेकी उनी अहिले समाचार वाचन समेत गर्छिन् । धुलाबारी क्याम्पसमा विएड दोस्रो वर्षमा अध्ययनरत राजवंशी समाजमा हुने महिला हिसंका घटना प्रति ज्यादै चिन्तित छिन् । रेडियोमा समाचार वाचन गर्दाको अवस्था सम्झदै राजवंशी भन्छिन् –‘महिलामाथि हुने गरेका घरेलु हिंसा र वलात्कारका समाचार पढ्दा आफ्नै आङ सिरिङ्ग हुन्छ ।’
यता झापा चन्द्रगढी – ३ प्रगति चौककी तलु वास्केपनि २०६४ सालबाट इलेक्ट्रोनिक मिडियामा कार्यरत छिन् । कञ्चनजंघा एफएमबाट बाल कार्यक्रम प्रस्तोताको रुपमा रेडियोमा काम गर्न शुरु गरेकी उनी हाल आरम्भ एफएममा समाचार वाचन गर्छिन । विकाश घिमिरे र सुनिता दिदीको प्रेरणले रेडियोमा काम गर्न थालेको बताउने वास्के झापाकी एक मात्र सन्थाल महिला पत्रकार हुन् । सन्थाल समुदायमा शिक्षाको पहँुच पु¥याउन सकियोस् भनेर रेडियोलाई कर्मक्षेत्र बनाएकी उनी ताडाम लाहा सन्थाल समाजकी अध्यक्ष पनि हुन् । सन्थाल समुदायमा चेतना अभिवृद्धि गर्दै सन्थाल समुदायको धर्म संस्कृतिको संरक्षणमा विशेष ध्यान दिने वास्के सन्थाल भाषामा ‘सन्थाली सेचेत् आख्डा’नामक कार्यक्रम समेत सञ्चालन गर्छिन् ।
वीरेन्द्र नमूना क्याम्पस चन्द्रगढीबाट वीएड तेस्रोवर्षमा अध्ययन गर्दै गरेकी उनी अझै सफल रेडियोकर्मी बन्ने रहर नपुगेको बताउँछिन् । श्रमजीवी ऐन लागू भएपनि कार्यान्वयन नभएकोमा गुनासो गर्दै वास्के भन्छिन्–‘सञ्चार संस्थाहरुमा पनि पुरुषका तुलनामा महिलाहरु कम पारिश्रमिक पाउँछन् ।’ सन्थाल समुदायका महिलाहरुमा चेतनाको विकास भइरहेको बताउँदै उनी भन्छिन् अहिले रेडियोमा प्रबेशगर्न सन्थाल युवतीहरु प्रशिक्षण लिन थालेका छन् । उनकै समुदायका सुमित्रा मुर्मू भद्रपुर स्थित नागरिक एफएम र बावुराम हेमरम चारआली स्थित ग्लोवल एफएममा कार्यक्रम प्रस्तोताका रुपमा कार्यरत छन् । उनीहरुबाट प्रेरित भएर सन्थाल समुदायका युवाहरु शिक्षा लिन सार्वजनिक जीवनमा प्रवेश गर्न आतुर देखिन्छन् ।
त्यसोत प्रत्येक विद्युतीय सञ्चार माध्यममा समाचार वाचनका लागि महिलाले स्थान पाएकै छन् तर त्यो भन्दा धेरै कार्यक्रम प्रस्तोताको रुपमा महिलाले काम गरिरहेका छन् । रेडियो काम गर्ने महिला सञ्चार कर्मीको कुरा गर्दा झापाका प्रत्येक विद्युतीय सञ्चार माध्यममा एक न एक जना महिलाले न्यूज डेस्कमा बसेर काम गरिरहेका छन् । झापामा सञ्चालित रेडियोलाई मात्रै हेर्ने हो भने कञ्चनजंघा एफएममा भीमा शिवाकोटी, जसशोदा राजवंशी, पाथीभरा एफएममा कमला राई, रेडियो सनराइजमा लामिछानेसंगै प्रमिला राजवंशी, वीर्ता एफएममा सचिता, रेडियो भिजनमा निकिता महत,टीका पोख्रेल, आगन एफएममा पुष्पा लिम्वू, सप्तरङ्गी एफएममा सितल वराइली, रेडियो सरगममा राजवंशीसहित मनिषा गौतम,नागरिक एफएममा रुमा राजवंशी आदिले न्यूज डेस्कमा वसेर काम गरिरहेका छन् ।
प्रभावकारी सञ्चार माध्यमा रुपमा रहेको एफएम रेडियोहरु स्थापना र विकाससंगै रोजगारीका सम्भावनाहरु पनि बढेर गएको छ । प्रतिस्पर्धाका लागि भएपनि स्थानीय भाषामा कार्यक्रम प्रस्तुत गर्ने कारणले पछि परेका , अवसर नपाएका र क्षमता भएका सीमान्तकृत, लोपोन्मुख, दलित वर्गका महिलाहरु आत्मनिर्भर बन्न र व्यक्तित्वको विकास गर्न अग्रसर हुन थालेका छन् । यस्तो अग्रसरताले समाज विकासमा महत्वपूर्ण योगदान दिन सक्छ ।