दुध चिया खानु हुन्छ ? विचार गर्नुस् ज्यान जान सक्छ

दुध चिया खानु हुन्छ ? विचार गर्नुस् ज्यान जान सक्छ
विशेष गरी कालो चियामा प्रशस्तै एण्टि अक्सिडेन्ट र भिटामिन पाइन्छ, यसले रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्छ, कोष क्षयलाई रोक्छ, मुटुसम्बन्धी रोगबाट पनि बचाउँछ तर चियामा अलिकति पनि दूध मिसायो भने त्यसले फाइदा भन्दा बढि बेफाइदा गर्दछ । दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमि हुने गर्दछ, ।अमेरिकाका वैज्ञानिकहरूले चियामा दुध मिसाएर हुने असरको बारेमा अनुसन्धान...

फागुन १५ देखि हात्तीपाइले रोगबिरुद्धको औषधि खुवाइँदै

फागुन १५ देखि हात्तीपाइले रोगबिरुद्धको औषधि  खुवाइँदै
शान्तिनगर, राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत औषधि खुवाउने कार्यक्रमको तयारी पूरा भएको छ । यही फागुन १५ गतेदेखि सातौँ चरणको हात्तीपाइले रोगबिरुद्धको औषधि र जुकाको औषधि एकसाथ खुवाइँदैछ । बुद्धशान्ति गाउँपालिकाका पदाधिकारी, स्वयम्सेविका र सातवटै वडामा स्थानीय जनप्रतिनिधिसहितको टोलीलाई हात्तीपाइले रोगका बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेसँगै बुद्धशान्ति गाउँपालिकामा तयारी पूरा ...

झापाका पाँच प्राथमिक स्वास्थ्य केन्द्र १५ शैयाको अस्पताल बन्दै

झापाका पाँच प्राथमिक स्वास्थ्य केन्द्र १५ शैयाको अस्पताल बन्दै
  सुरुङ्गा ,झापाका पाँचवटा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । कनकाई नगरपालिकामा रहेको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र सहित जिल्लाका पाँचवटा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नति गरिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटाले बताउनुभयो । उहाँका अनुसार अर्जुनध...

राजगढका ३ सय ३६ जानले निःशुल्क स्वास्थ्य सेवा लिए

राजगढका ३ सय ३६ जानले निःशुल्क स्वास्थ्य सेवा लिए
बिर्तामोड,वाह्रदशी गाउँपालिका– ३ राजगढले आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय ३६ जानले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । विभिन्न प्रकारका रोग लागेपनि अस्पतालका पहुँचमा पुग्न नसकेकाहरुले निःशुल्क स्वास्थ्य सेवा लिएको गाउँपालिका– ३ वडा अध्यक्ष वीरेन्द्र राजवंशीले जानकारी दिनुभयो । भद्रपुरमा रहेको ओम साई पाथीभरा अस्पताल,बिर्तामोडमा रहेको दृष्टि आँखा अस्पताल र राजगढमा रहेको राजगढ पोलिक्लिनिक एण्ड डा...

आत्मसन्तुष्टिका लागि ६४ पटक रक्तदान

आत्मसन्तुष्टिका लागि ६४ पटक रक्तदान
रगतविना जीवनको परिकल्पना गर्न सकिँदैन । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प भनेकै रक्तदान नै हो । कुनै पनि बेला जोसुकैलाई रगत चाहिन सक्छ । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । ‘रक्तदान गरिसकेपछि दान गर्ने व्यक्तिले आत्मसन्तुष्टि प्राप्त गर्दछ’ ६४ पटक रक्तदान गरेका झापा अर्जुनधाराका ओमप्रकाश लुइँटेल भन्छन्–‘ २२ वर्षको हुँदा पहिलो पटक रक्तदान गरेको थिए, ...

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्

नेपाल र जापानबीचको सम्वन्ध युगौंसम्म झ्याङ्गिरहोस्
नेपालको विकासमा लामो समयदेखिको जापान साझेदार रहँदै आएको छ । नेपाल–जापानको औपचारिक सम्बन्ध स्थापित भएको ६ दशक पूरा भएको छ । नेपाल र जापान बीच सन् १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । त्यसयता नेपाल र जापानको सम्बन्ध राजनीतिक, सांस्कृतिक, प्राकृतिक लगायत विभिन्न तवरबाट जोडिएको छ । जापान अर्थतन्त्र, विज्ञानप्रविधि र संस्कृतिको विकासले फड्को मारेर धेरै अगाडि पुगिसकेको छ । जापानका नागरिक...