सचेत नागरिक सङ्गठनको आवश्यकता
विभिन्न राजनीतिक सङ्क्रमण र चुनौतीको सामना गर्दै तीन वटै तह (स्थानीय तह, प्रदेश र सङ्घ) को निर्वाचन सम्पन्न भएका छन्। तीनै तहका सरकार र विधायकी संरचनाहरू आफ्ना जिम्मेवारी अनुसारको काममा सकृय छन् भने संविधान कार्यान्वयनका लागि जरुरी ऐन तथा कानुनहरू संसद्ले क्रमशः निर्माण गर्दैछ। यसलाई नेपालको संविधान २०७२ कार्यान्वयनको दिशातर्फ बढेको सुखद सङ्केत मान्नु पर्छ। राज्यले आफ्ना कार्यकारी, विधायकी र न्या...