आठौँ राष्ट्रिय खेलकूदमा एनआरएनएका २४ खेलाडी

आठौँ राष्ट्रिय खेलकूदमा एनआरएनएका २४ खेलाडी
काठमाडौँ ,प्रदेश नं ५ मा हुने आठौँ राष्ट्रिय खेलकूदमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र दुई महिला एनआरएनएका खेलाडीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो । खेलाडी बाहेक एनआरएनएबाट दुई प्रशिक्षक र चार निर्णायक पनि आठौं राष्ट्रियमा सहभागी हुने छन् । सबैभन्दा ब...

महिला फुटबल खेलाडीलाई रु एक लाख

महिला फुटबल खेलाडीलाई रु एक लाख
विराटनगर,  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाँचौ साफ फुटबल प्रतियोगिता खेल्ने प्रत्येक खेलाडीलाई रु एक लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । एन्फाको शनिबार साँझ यहाँ सम्पन्न १८औँ वार्षिक साधारणसभापछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले निर्णय सार्वजनिक गर्नुभएको हो । यसअघि पाँचौ साफ फुटबल खेल्ने खेलाडीलाई प्रदेश सरकारले रु एक लाख तथा विराटनगर महानगरपालिकाले रु ५० हजार प्र...

साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा

साफ फुटबलका विजयीलाई पुरस्कार दिने प्रदेश सरकारको घोषणा
विराटनगर, नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को आज भएको निर्णयअनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो वि...

नेपालको शानदार जितसँगै फाइनलमा

नेपालको शानदार जितसँगै फाइनलमा
झापा, श्रीलंकामाथि शानदार जित हासिल गर्दै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । नेपालले मध्यान्तरअघि १ र मध्यान्तरपछि ३ गोल गरेको हो । नेपालले खेलको ४२ औं मिनेटमा पुनम जर्घामगरको गोलमा अग्रता लिएको थियो । त्यसपछि ७३ औं मिनेटमा अनिता बस्नेत, ८२ औं मिनेटमा सावित्रा भण्डारी र ८६ औं मिनेटमा रेखा पौडेलले गोल गरिन् । सुरुवातदेखि नै आक्रामक खेलेको नेपालले १० औ मिनेटमै गोल...

तोक्वान्दोमा विवेक उदाउँदै

तोक्वान्दोमा विवेक उदाउँदै
बिर्तामोड ,’द बल्र्ड हिरो कप’ का विजेता विवेक गिरीले सरकारले तोक्वान्दो खेललाई महत्व नदिएको बताएका छन् । सन् २०१८ को डिसेम्बरमा चीनमा भएको ’द बल्र्ड हिरो कप’मा झापाको अर्जुनधारा–९ का १७ वर्षीय विवेकले उमेर समूह र ४५ केजी तौल समुह मुनिको प्रतिनिधित्व गर्दै नेपालको तर्फबाट भाग लिनुभएको थियो । १४ राष्ट्र सहभागि प्रतियोगितामा उहाँ च्याम्पियन बन्दै देशका लागि उपाधि दिलाउनुभएको थियो । हाल सम्म ती...

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
विराटनगर, यहाँ जारी महिला साफ फुटबल प्रतियोगितामा शनिबार नेपालले जीत दर्ता गर्दै समूह ए को विजेता भएको छ । आजको खेलमा बंगलादेशलाई ३–० गोलले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । यो जीतसँगै नेपालले पहिलो सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । नेपालले समूह बीको उपविजेतासँग चैत ६ गते पहिलो सेमिफाइनल खेल खेल्नेछ । नेपालले भोलि हुने भारत र श्रीलंकाबीचको उपविजेतासँग खेल्ने पक्का भएको छ । नेपालले...

जसले फुटवल खेलेरै झापलाई चिनाए

जसले फुटवल खेलेरै झापलाई चिनाए
झापा, झापा गोल्ड कप मूल आयोजक समितिले तीन खेलाडीलाई सम्मान गरेको छ । डोमालाल राजवंशी रंगशालामा आयोजित झापा गोल्डकप समापनको अवसर पारेर फुटवलर गम्भीर राई , महिला फुटवलर अस्मिता खवास र नरेन्द्रमणि लिम्बूलाई सम्मान गरिएको हो । फुटवल खेलाडीलाई कांग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले सम्मान गर्नुभयो । खेल क्षेत्रको श्रीवृद्धिमा पु¥याएको योगदान स्वरुप उनीहरुलाई सम्मान गरिएको झापा गोल...

झापा गोल्डकपको उपाधि आर्मीलाई

झापा गोल्डकपको उपाधि आर्मीलाई
बिर्तामोड, चौथो मगमग झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न फाइनल खेलमा झापा ११ लाई घरेलु मैदानमा पराजित गर्दै झापा गोल्ड कपको उपाधि त्रिभुवन आर्मीले हात पारेको हो । उपाधिसँगै त्रिभुवन आर्मीले नगद १२ लाख ५० हजारसहित ट्रफी हात पा¥यो भने उपविजेता बनेको झापाले नगद ६ लाख ५ हजारमा चित्त बुझाउनु प¥यो । झापा ११ लाई ५...

नरेन्द्रमणि लिम्बूलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

नरेन्द्रमणि लिम्बूलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
झापा , फागुन २६ । झापा गोल्डकप आयोजक समितिले झापा ११ एफसीका पूर्व खेलाडी नरेन्द्रमणि लिम्बूलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ । मग मग झापा गोल्डकपको चौथो संस्करणको फाइनलका दिन सोमबार अवार्डस्वरुप एक थान मोटरसाइकल प्रदान गर्न लागेको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताउनुभयो । लामो समयसम्म झापाली फुटबलको विकास र उन्नयन्का लागि महत्वपूर्ण योगदान पु¥याएकाले लिम्बूलाई अवार्ड ...

झापा र आर्मीको एउटै दाउ

झापा र आर्मीको एउटै दाउ
झापा, फागुन २६ । डोमालाल राजवंशी रंगशालामा जारी चौथो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब मैदानमा उत्रदैछन् । झापा चार पटकनै फाइनलमा पुगेको टिम हो भने त्रिभूवन आर्मी दुई पटक उपाधि विजेता टिम हो । यस पटकको उपाधि दु्वै टिमले उचाल्ने टिमका प्रशिक्षक र क्याप्टेनले दाबी गरेका छन् । झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई ...