झापा, चीन पछिल्लो समय विज्ञान र प्रविधिका क्षेत्रमा ठुलो फड्को मार्दै गइरेको छ । यो बिचमा चीनले विश्वकैं पहिलो महिला समाचार वाचक निर्माण गरेको छ । पछिल्ला दिनहरुमा चीन अमेरिका लगायतका पश्चिमा देशहरुलाई सहजैं टक्कर दिने अवस्थामा आइपुगेको छ ।

चीनले दुनियाकै पहिलो महिला एआई (आर्टिफिसियल इन्टेलीजेन्ट)समाचार वाचकको निर्माण गरेको जनाएको छ । अब मान्छेको सट्टा एआईको माध्यमबाट चल्ने भर्चुअल न्युज एंकरले टिभीमा समाचार पढ्नेछिन् । यिनलाई शिन शाओमेंग नाम पनि दिइ सकेको जनाइएको छ । चीनको समाचार एजेन्सी शिन्हुआले बताएअनुसार एआईबाट चल्ने पत्रकारमाथि धेरै प्रयोगपछि मात्र उनलाई टीभी स्क्रीनमा ल्याउन लागिएको हो ।

बेइजिङको सोगोउ इंकसँग मिलेर शिन शाओमेंगको निर्माण गरिएको हो । समाचार एजेन्सीले एआई एंकरले मान्छेभन्दा धेरै राम्रो गर्नसक्ने बताएको छ । यस्तै एआईले घण्टौसम्म नरोकिएरै समाचार वाचन गर्नसक्ने र यसले समाचार उत्पादनको लागतमा पनि कमी आउने बताइएको छ ।

शिन शाओमेंग नामको यो भर्चुअल एंकर र यसको हाउभाउ मान्छेको जस्तै छ । यसले २४ घण्टासम्म लगातार समाचार पढ्न सक्ने र प्रोफेशनल न्युज एंकरले झैं समाचार वाचन गर्ने शिन्हुवाको दावी छ । अघिल्लो वर्षको नोभेम्बर मा चीनको वुज्हेनमा आयोजित एक ुटेक एक्सपोुमा दुई पुरुष एआई न्युज एंकरबाट नै समाचार वाचनमा एआईको प्रयोग सुरु भएको थियो । सिन्हवा

तपाईको प्रतिक्रिया