सुरुङ्गा वहुजातीय , सांस्कृति संग्राहलय सहितको झापा नाटक घर निर्माणका लागि पहल थालिएको छ । जसका लागि झापामा एक सातासम्म नाटक मञ्चन गर्दै रकम संकलन गरिन लागेको हो ।

प्रदीप नेपालद्वारा लिखित वर्वरिक उपन्यासलाई झोराहाट नाट्य समूह मोरङका संयोजक भरत गुरागाईले नाट्य रुपान्तरण गर्नुभएको छ । सोही उपन्यासलाई नाटकमा मञ्चन गर्दै आगामी वैशाख ७ गतेदेखि १३ गतेसम्मे बिर्तामोडमा देखाइन लागेको क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले जानकारी दिनुभयो । उहाँका अनुसार क्षितिज नाट्य समूहको संयोजनमा नाटक देखाइने र झापामा निर्माण गरिन लागेको वहुजातीय,सांस्कृति संग्राहलय सहितको नाटक घर निर्माणका लागि रकम संकलन गरिने भएको छ ।

झण्डै २५ करोड रुपैयाँको लगतमा झापामा नाटक घर निर्माण गरिने छ अध्यक्ष कल्पितले भन्नुभयो– ‘जसका लागि बिर्तामोडमा एक करोड मूल्य वरावरको साढे तीन कठ्ठा जमिन मनोज निरौलाले प्रदान गर्नुभएको छ ।’

पार्किङ सहितको सात तले नाटक घर निर्माणका लागि अहिले विस्तृत गुरु योजना तयार भइरहेको बताउँदै अध्यक्ष कल्पितले भन्नुभयो – पहिलो चरणमा नगरपालिकासंग संयोजन गर्दै नाटक घर निर्माणका लागि पूर्वाधार जुटाइँदैछ । अहिले नाटक घर निर्माणस्थलसम्म पुग्ने कालोपत्रे वाटो, विद्युत, खानेपानी लगायतका पूर्वाधारको काम भइरहेको छ ।’

बिर्तामोडमा मञ्चन गरिने लागेको नाटकबाट २० लाख रुपैयाँ संकलन गरिने र भवन निर्माणको प्रारम्भीक काम शुरु गर्ने नाट्या समूहका अध्यक्ष कल्पितले बताउनुभयो । जसका लागि ज्ञानु प्रसाईको संयोजकत्वमा १५ सदस्यीय नाटक मञ्चन समिति गठन भएको छ । उहाँ नेकपा एमालेका विर्तामोड नगर अध्यक्ष तथा देवि माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्छ ।

समितिको सह संयोजकमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई रहनुभएको छ भने सदस्यहरुमा बिर्तामोड नगरपालिका – २ का वडा अध्यक्ष नगेन्द्र संग्रौला, चेम्वर अफ कमर्शका अध्यक्ष सन्तोष अग्रवाल, साहित्य चौतारी झापाका संरक्षक देविभक्त श्रेष्ठ, उद्योग वाणिज्य संघ प्रदेश नम्वर १ का सदस्य वलराम कार्की, नागरिक समाज विर्तामोडका अध्यक्ष अरुण श्रेष्ठ रहनु भएको छ ।

त्यस्तै सहारा नेपालका सदस्य शंकर रिजाल, वीरता जेसीजका अध्यक्ष विशाल थापा, नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुभाष भट्टराई, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता विमली खरेल, प्याव्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, महिला उद्यमी संघ झापा अध्यक्ष गोमा भट्टराई, जिल्ला सहकारी संघ झापाका सदस्य कृष्ण मिश्र र क्षितिज नाट्य समूह अध्यक्ष माधव कल्पित सदस्यमा रहनुभएको छ ।

यस अघि सो नाटक झोराहाट नाट्य समूह मोरङले कुञ्ज थ्रिएटर काठमाडौं र राष्टपति भवन शितल निवासमा सहित देशका विभिन्न ठाउमा मञ्चन गरिएको बताइएको छ । –––

तपाईको प्रतिक्रिया