झापा, झापाको कमल गाउँपालिकाबाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

करणी गरेको आरोपमा प्रहरीले ४२ वर्षीय शम्शेर तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तामाङले २० बर्षीय युवतीलाई घर नजिकै रहेको मकैवारीमा लगेर जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया