झापा, झापामा एक पछि अर्काे गर्दै जवरजस्ती करणीका घटना घट्न थालेका छन् । यौन जन्य गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय झापाले टोल टोलमा प्रहरी परिचालन गरेपनि पछिल्लो एक साता नवित्दैवालिका सहित तीन जना करणीको शिकार भएको बताइन्छ ।

हल्दिवारी गाउँपालिकामा भएको वलात्कारको घटना सेलाउन नपाउँदै कमल गाउँपालिकामा पनि २० वर्षीया किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।

झापा कमल गाउँपालिका समयगढ भन्ने स्थानका २० बर्षीय युवती बलात्कार भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । युवतीलाई बलात्कार गरेको अभियोगमा कमल गाउँपालिका निवासी ४२ बर्षीय शम्शेर तामाङलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।

यता कनकाई नगरपालिकामा समेत एक किशोरी जवरजस्ती करणीको शिकार भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया