झापा, इसइई परीक्षालाई असर गर्ने कारण देखाउँदै नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले आह्वान गरेको वन्द फिर्ता लिएको छ । सो समूहले चैत १६ गते बन्दको आवाहान गरेको थियो । विप्लव समूहका नेता गुणराज लोहनीले बन्द फिर्ता लिएको जानकारी गराउनुभएको छ । उहाँले एसईई परीक्षा परेको जानकारी पाएपछि बन्द फिर्ता गरिएको जानकारी दिनुभयो ।

एसईई परीक्षा र नेपाल बार एशोसिएशनको चुनावलाई लक्षित गरी बन्द फिर्ता गरिएको उहाँको भनाइ छ । यसअघि राष्ट्रिय मानवअधिकार आयोगले विज्ञप्ति जारी गरी एसईईको समयमा बन्द हड्तालको कार्यक्रम नगर्न विप्लव समूहलाई आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया