- अनिल वाग्ले

 

झापा, भगवती वेभेरेज प्रालि झापा बुद्धशान्तिका सञ्चालक युवा व्यवसायी बरुण उप्रतीको सवारी दुर्घटनामा परि निधन भएको छ ।

गत चैत्र ४ गते मेची राजमार्ग अन्र्तगत बुद्धशान्ति ३ स्थित बुधबारे चोकमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बरुणको काठमाडौंको मेडिसिटि अस्पतालमा उपचारका क्रममा निधन भएको भगवती वेभेरेजका अर्का सञ्चालक सुमन पनेरुले जानकारी दिनुभयो ।

चैत्र ४ गते साँझ बुद्धशान्ति ३ काली खोलामा रहेको मिनिरल वाटर उत्पादन गर्ने भगवती वेभेरेज प्रालिबाट घर फर्कने क्रममा ट्याक्टरमा ठक्कर खाँदा मोटरसाइकलमा सवार बरुण घाइते हुनुभएको थियो । दुर्घटनामा परेपछि उहाँलाई तत्काल विर्तामोड स्थित बिर्तासिटि अस्पताल पु¥याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि भोलीपल्टै विराटनगरको नोवेल अस्पताल लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । घोपामा पनि उपचार सम्भव नभएपछि हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको पनेरुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया