बिर्तामोड , जान्ने हुनलाई पढ्नै पर्छ भन्ने छैन, नपढे पनि झापाका एक ब्यक्तिले पिएचडी गर्नुभएको छ । बिर्तामोड – १० शैनिकका फिरोज राईले व्यवहारिक ज्ञान हासिल गर्दै ‘ग्रास’ र ‘बेम्बो’ मा पिएचडी गर्नुभएको हो । १४ वर्ष थाइल्याण्ड बस्नुभएका उहाँले प्रयोगात्मक ज्ञान आर्जन गर्दै पिएचडी गर्नुभयो । आर्थत ‘ग्रास’ र ‘बेम्बो’ को उत्पादन र सजावटमा उहाँ निपूर्ण हुनुहुन्छ । फिरोजले आर्जन गरेको सिपकै आधारमा थाइल्याण्डमै उहाँलाई पिएचडीको उपाधि प्रदान गरिएको थियो ।
बिर्तामोडस्थित महेन्द्ररत्न माविका कक्षा ८ मा अध्ययन गर्दा गर्दै सन १९९१ मा थाइल्याउड प्रस्थान गर्नुभएका फिरोज १४ वर्षसम्म थाइल्याण्डमै रहनुभयो । थाइल्याण्ड रहदा उहाँले ‘उड’ काठ सम्वन्धी काम गर्नुका साथै हाइड्रोलिक मेकानिक, सुपर मार्केट र मिनी सुपर मार्केटको सजावट सम्वन्धी काम गर्नुभयो । जुन काकले नै उहाँलाई ‘ग्रास’ र ‘बेम्बो’ मा रिसर्च गर्दै पिएचडी सरह ज्ञान हासिल गर्न मद्दत मिल्यो ।
थाइल्याण्डको एक होटलस्थित ३६५ नम्वर रुममा १२ वर्षसम्म बसेर टुरिजम सम्वन्धि समेत ज्ञान हासिल गर्नुभएका राईले विदेशीको मर्म र भावना अनुरुप गार्डेन सजावट गरेकै कारण ‘ग्रास’ र ‘बेम्बो’ डेकुरेसनमा पिएचडी सरहको दक्षताको प्रमाणपत्र हात पार्नुभयो थियो ।
थाइल्याड पर्यटकका लागि प्रमुख गन्तव्यको रुपमा विश्व भर परिचति छ । विभिन्न देशका पर्यटकहरु घुम्न आउने र उनीहरुसगको संगतका कारण फिरोजले धेरै ज्ञान आर्जन गर्नुभयो । थाइल्याण्डमा आर्जन गरेको ज्ञान अहिले फिरोज आफ्नै देशमा प्रयोग गरिरहनु भएको छ । सन २००८ मा नेपाल आउनुभएका फिरोजले ‘फ्लावर्स’ गार्नेड सञ्चालन गर्नुका साथै उहाँकै डिजाइनमा तयार पारिएको एक खेल मैदानमा देशी विदेशीलाई उफार्नु समेत सफल हुनुभयो ।
झापाको गौरव मानिएको झापा गोल्डपकको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालाको ग्राउण्ड डिजाइन उहाँले नै गर्दै आउनुभएको छ । विगत चार वर्षदेखि निरन्तर सो फुटवल ग्राउण्ड डिजाइन गर्दै सजावटमा देशकै उत्कृष्ट ग्राउण्ड बनाउनमा उहाँकै ठूलो देन रहेको झापा गोल्डकप मूल आयोजक समितिका संस्थापक समेत रहनुभएका जलकुमार गुरुङ बताउनुहुन्छ ।
फिरोजले नै तयार गरेको ग्राउण्डमा देशी विदेशी खेलाडीहरु उफ्रन्र्छन र, ग्राउण्डको तरिफ गर्छन । तर, फिरोज सधै पर्दा पछाडि रहनुुहुन्छ । सधै पर्दा पछाडि रहने फिरोजको कामले भने सधै सबैको मन जितेको छ । झपापामा रहेका खेलाडीहरुका साथै सानैमा खेलप्रति रुचि राख्ने बालबालिकाका लागि मन्टेस्वरी फुटबल बिद्यालय सञ्चालन गर्ने लक्ष्य लिएको फिरोजले अहिले कनकाई नगरपालिकाको दुर्गापुर नजिकै फूलको नर्सरी तयार गर्नुभएको छ । जुन नर्सरी पूर्वमै उत्कृष्ठ नर्सरीका रुपमा चिनिएको छ ।
समय र कामको महत्व बुझनुभएका फिरोज एकै छिनपनि खालिहात नबस्ने बताउँनुहुन्छ । राई भन्नुहुन्छ–मैले विदेशमा सिकेका सीपलाई अझै पूर्णरुपले ब्यवहारमा प्रयोग गर्न सकेको छैन । सानै उमेरदेखि फुटबल खेलप्रति चासो राख्नुभएका फिरोजले विदेशबाट फर्किएपछि शैनिकमा रहेका फुटबल खेलाडीलाई प्रोत्सहान गर्दै खेलमा लाग्न प्रेरणा दिनुभयो । आफ्नो ज्ञान र सीपलाई बुझेर नै झापा–११ फुटबल क्बलमा अध्यक्ष जलकुमार गुरुङले झापा गोल्डकपका लागि फुटबल ग्राउण्ड तयार पार्ने जिम्मा दिएको उहाँको भनाई छ ।
‘ग्रास’ र ‘बेम्बो’मा दक्षता हासिल गर्नुका उहाँले केही समय भित्रै झापामा मन्टेस्वरी फुटबल बिद्यालय सञ्चालन गर्ने बताउनुभयो । झापामा फुटवल मन्टेश्वरी छैन राईले भन्नुभयो– प्रकृतिक वातावरणमा वालवालिका देखिनै खेल प्रति रुचि जाग्ने हो भने खेलकुदका लागि नेपाल विश्वकै नम्वर वान हुन्छ ।’
‘ग्रास’ र ‘बेम्बो’मै भविश्य देख्नुभएका राईले झापामा अहिले यही व्यवसाय शुरु गर्नुभएको छ । आफू पनि स्वरोजगार बन्ने र अरुलाई पनि स्वरोजगार बनाउने उहाँको लक्ष्य छ । जसका लागि उहाँले दुर्गापूरमा जग्गा समेत लिजमा लिएर काम शुरु गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया