झापा, धार्मिक तथा पर्यटकीय क्षेत्र सतासीधामबाट झिलझिलेसम्मको सडक कालोपत्रे हुने भएको छ ।

जसका लागि अहिले गुरुयोजनाको काम धमाधम भइरहेको छ ।  सडक कालोपत्रे हुने भएपछि १४ दिन लगाएर डीपीआर तयार गरिएको प्रदेश सांसाद झलकसिंह दर्लामी सन्देशले जानकारी दिनुभयो । उहाँका अनुसार धार्मिक पर्यटकीय स्थल सतासीधामदेखि झिलझिले बजार, भानु मावि–लालझोडा, धौलीचौक, फाल्गुनन्द चौक, हवल्दार चौक, जनता बजार, बिष्णु चौक, टुनु वस्ती, देविगडा, मोढ गाऊ, धनगढा, चौरि, झोडा र होकलवारिसम्म जम्मा २५ किमि कालो पत्रे– ब्लाक टप०का लागि  सर्भे धमाधम भई रहेको छ ।


सडक विस्तारसंगै सडक कालोपत्रे हुने भएपछि त्यहाँका स्थानीयवासी हर्षित वनेका छन् ।

तपाईको प्रतिक्रिया