मेचीनगर  मेचीनगरमा देखिएका विभिन्न विकृति विसंगति नियन्त्रण र नगरलाई सुन्दर सफा हराभरा उदाहरणीय र स्वच्छ बनाउन नगरका सवै व्यवसायीहरु संगठित भएका छन् । नगरका होटल, यातायात, ट्राभललगयात अन्य व्यवसायीहरुको काँकरभिट्टामा सम्पन्न भेलाले आफ्नो पेशालाई मर्यादित अनुशासीत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेश थापा तथा मेचीनगर वडानम्बर— ६ का वडाध्यक्ष ललितबहादुर तामाङको आतिथ्यतामा सम्पन्न भेलाले प्रतिवद्धता कार्यान्वयन भए नभएको अनुगमनका लागि ट्राभल व्यवसायी संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रको संयोजकत्वमा ९ सदस्यीय सुन्दर तथा सफा काँकरभिट्टा व्यवस्थापन समिति गठन गरेको छ ।
समितिमा यातायात व्यवसायीकातर्फबाट विष्णुकुमार श्रेष्ठ, मजदुर तथा यातायातक्षेत्रबाट खडानन्द भण्डारी, विशाल तामाङ, होटल व्यवसायीकातर्फबाट रामबहादुर तामाङ सुरेशकुमार श्रेष्ठ तथा ट्राभल व्यवसायीहरुकातर्फबाट पृथुराज गौतम सदस्य रहनुभएको छ । बाँकी दुईजना सदस्य मनोनित गरिने छ भने इलाका प्रहरी कार्यालय काँकरभिट्टा सदस्य सचिवमा रहने छ ।
समितिले मंगलबारबाट काम शुरु गरेको संयोजक कार्कीले बताउनुभयो । नगरका विभिन्न व्यवसायीहरुसँग छलफल शुरु गरेको आफ्नो व्यवसायलाई चुस्तदुरुस्त तथा मर्यादित बनाउने व्यवसाय पर्यटकमैत्री बनाउनेतर्फ नगरका उद्योगी व्यवसायी लाग्नुपर्नेमा समितिले जोड दिएको कार्कीले बताउनुभयो । यात्रुलाई तानातान गर्न नपाइने तथा पूर्वीनाकाबाट भित्रिने पर्यटकहरुसँग राम्रो व्यवहार गर्न समेत समितिले आग्रह गरेको छ । प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक थापाले नगरमा हुने जुनसुकै आपराधिक गतिविधिलाई नियनत्रण गर्ने कुरामा प्रहरी चौवीसै घण्टा सक्रिय रहेकाले यसमा नगरवासीको समेत सहयोगको अपेक्षा गरिएको छ । मेचीनगर वडानम्बर— ६ का वडाध्यक्ष ललितबहादुर तामाङले सवै सेवाग्राहीसहित सर्वसाधारणका लागि वडा कार्यालयले निःशुल्क वाइफाईको व्यवस्था गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया