झापा,नेपाल अलैंची व्यवसायी महासंघको आगामी तीन वर्षे कार्यकालका लागि ओमकृष्ण विमलीलाई हराउँदै अध्यक्षमा राजकुमार कार्की निर्वाचित हुनुभएको छ । आइतबार धनकुटाको हिलेमा भएको महासंघको छैठौँ साधारण सभा तथा तेस्रो केन्द्रीय महाधिवेशनमा भएको निर्वाचनमा अध्यक्ष पदको उम्मेदबार रहनुभएका विमलीले ४१ र कार्कीले १११ मत ल्याउनुभयो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा संखुवासभाका सुमन श्रेष्ठ, कृषि उपाध्यक्षमा पाँचथरका नरेन्द्र अधिकारी र वाणिज्य उपाध्यक्षमा बिर्तामोडका इन्द्र विन्दल निर्विरोध निर्वाचित हुनुभएको छ ।
यस्तै महासचिव पदमा बिर्तामोडका सुवास भट्टराई, सचिवमा इलामका मात्रिका घिमिरे र कोषाध्यक्षमा बिर्तामोडका निमेष मित्तल निर्विरोध चयन हुनुभएको छ ।

तपाईको प्रतिक्रिया