- रजनी ढुंगाना

अन्याय बिरुद्दको न्यायको जितको उत्सव
रंगहरुको पर्व होलीका,रक्तिम तिक्खर गाढा रंगहरु
हाम्रा आगनका बलेसिहरुमा ,
पखालिएका सिउदो बाट निधार हुदै बग्दछ।

कहिले सत्ताको हानथापमा ,दरबारका कोतहरूमा , पटाङ्गिनिहरुमा
कहिले नुनतेलको जोहोमा ,
अर्कैको लागि अर्का संग लड़िदिदा,
दुइचार तक्मा र वीरगति का नाममा
हरेक युगमा केहि न केहि निहुमा,
हाम्रा आगनका बलेसिहरुमा ,
आमाका आखाका डिल हुदै बग्दछ।

कहिले क्रान्तिका नाममा ,दमन विरुद्द गरिएका दमनहरुका नाममा
कहिले उसलाई फ्याकेर उ भन्दापनि गएगुज्रेको ल्याउने निहुमा,
प्रजातन्त्र गणतन्त्र ,जाडतन्त्र भाडतन्त्र,
बुझिदै नबुझिने अनेक तन्त्रका नाममा
हाम्रा आगनका बलेसिहरुमा ,
साना कलिला सपनाहरुलाई टुहुरा बनाई बग्दछन।

सुख सम्ब्रिद्दी खुसियाली ,ल्याउने
रमाइलो रंगहरुको पर्व होली ,

कहिले खाडिबाट फर्केका नबयुबकहरुको बोझिलो बाकसहरु बाट
तिनलाई काध थाप्ने बुढा बा हरुको काधहरु बाट
नबयौवना जहानका
रुदा रुदा रक्तिम भएका आखाहरू हुदै
राज्यले खेलेको रक्तरंजित होली ,
हाम्रा घरका बलेसिहरुमा ,
सपना निमिट्यान्न पार्दै बग्दछन।

तपाईको प्रतिक्रिया