- अनिल वाग्ले

 

झापा, मन्दिरमा बस्ने मत्थरको देउता
तिमीलाई के थाहा मान्छको व्यथा
तिम्रो पो दुख्दैन ढुंगाको मन
मेरो त दुख्छ पलपल जिवन
तिमीलाई के थाहा मान्छेको व्यथा
नत मैले रोएको आशुँलाई हेछौ
नत मैले जस्तै रुँदै सास फेछौं ।
झापा बुद्धशान्ति ४ का उदयमान गायक सत्यप्रकाश लिम्बुले आप्mनो एल्वम ‘देउता’ को गीत ‘मन्दिरमा बस्ने’ को म्यूजिक भिडियोमा गाएको गीत हो यो । गीतमा शव्द मन छुने छन् । यो म्युजिक भिडियो हालै उनले युट्युवमा सार्वजनिक गरेका छन् । गायनलाई जिवन सम्झने सत्यप्रकाशले सुवास मन राईको शव्दमा रहेको सो गीतमा आप्mनो स्वर दिएका हुन् । हेमा भण्डारीको संगीत र मोहन लिम्बुको निर्देशनमा बनाइएको म्युजिक भिडियो शव्द र स्वरले यतिवेला चर्चा कमाइरहेको छ ।

सो म्युजिक भिडियोमा सोनिया न्यौपाने, सोरन लिम्बु, प्रकाश लिम्बु, सुस्मिता राई लगायतले प्रस्तुति दिएका छन् । आफूले संगीतको दुनियाँमा केही दिने अठोट लिएर गायन क्षेत्रमा प्रवेश गरेका सत्यप्रकाश यतिवेला थप एल्वमको तयारीमा रहेको बताउँछन् ।

उनले ‘तिम्रो रुपले छल्यो मलाई’ तथा ‘सिमसिम प¥यो पानी, सुन कान्छी नानी’ बोलको गीतको म्यूजिक भिडियो निकाल्ने तयारीमा रहेको बताए ।

सुवास राईको शव्द, कृष्ण योञ्जनको संगीतमा रहेको ‘तिम्रो रुपले छल्यो मलाई’ बोलेको गीतमा आफूले स्वर दिएको बताउने सत्य प्रकाशले सो गीतको म्यूजिक भिडियो तथा राजा मावोको शव्द र बिनोद खम्बुको संगीत रहेको ‘सिमसिम प¥यो पानी, सुन कान्छी नानी’ बोलको गीतको म्यूजिक भिडियो निकाल्ने तयारीमा लागेको बताए । संगीत शक्ति भएकाले संगीतलाई कहिल्यै छोठ्न नसक्ने बताउने उनले गायन आप्mनो जिवनको पाटो रहेको प्रतिकृया दिएका छन् ।

तपाईको प्रतिक्रिया