बिर्तामोड, चारकोशे झाडीलाई खुल्ला चिडियाखाना बनाउने अबधारणा हल्दिवारी गाउँपालिकाले अगाडि सारिरहेका बेला चारकोशे जंगलको छेउमा सुबिधासम्पन्न रिसोर्ट खोलिएको छ ।


दक्षिणी झापाको पहिलो रिसोर्टको रुपमा हल्दीवारी – ३ ढडुवा बजारको दक्षिणपट्टी मेचे रिसोर्ट संचालनमा आएको हो । १५ कठ्ठा जग्गामा करिब अढाई करोड रुपैयाँको लागतमा सुनिल मेचे(सानो) ले सो रिसोर्ट संचालनमा ल्याएका हुन् । रिसोर्टको आज एक कार्यक्रमकाबीच स्थानीय बयोबृद्धा थेल मेचेले उद्घाटन गर्नुभयो ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले मेचे परिकार, शान्त बातावरण, बस्ने सुबिधासहित रिसोर्ट खोलिएको संचालक सुनिलले बताउनुभयो । उहाँले पर्यटन प्रबद्र्धनको लागि ब्यबसायिकरुपमा होटल ब्यबसाय थालेको धारणा राख्नुभयो । पर्यटनको लागि युवाले अग्रसरता देखाएर सुनिलले रिसोर्ट संचालनमा ल्याएको अर्का रिसोर्ट ब्यबसायी प्रकाश बुढाथोकीले बताउनुभयो ।

चारकोशे झाडीलाई खुल्ला चिडियाखाना बनाउँन जंगलको पूर्वपश्चिम ५० फुटे बाटो निर्माण भइरहेको हल्दीवारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङदेनले बताउनुभयो । उहाँले त्यसका लागि प्रकृति संरक्षण कोषले ६ करोड रुपैयाँकोे टेण्डर आह्वान गरेको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया