झापा,सोसल मिडिया साइट फेसबुकले बुधबार इतिहासकै सबैभन्दा गम्भीर अवरोध व्यहोर्यो । विश्वका लाखौँ प्रयोगकर्ताले फेसबुक लगइन गर्न तथा सामाग्रीहरुमा लाइक–कमेन्ट तथा अपलोड गर्नमै समस्याको सामना गर्नुपर्यो । नियमित सुधारका क्रममा केहीबेर साइड डाउन भएको र छिट्टै नै त्यो पूर्ववत् अवस्थामा आउने फेसबुकले बताए पनि लामो समय फेसबुक अवरुद्ध भैरह्यो । फेसबुक अवरुद्ध हुँदा लाखौँ प्रयोगकर्ता समस्यामा परे । तर, एउटा एपले पनि फेसबुक अवरोधको गज्जब फाइदा उठायो ।

प्राइभेट मेसेजिङ्ग प्लेटफर्म टेलिग्रामका अनुसार, पछिल्लो २४ घण्टामा ३० लाख प्रयोगकर्ता उक्त एपमा जोडिएका छन् ।

टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डूरोभले व्यक्तिगत टेलिग्राम च्यानलमा त्यसको जानकारी दिएका छन् । २४ घण्टामा ३० लाख नयाँ प्रयोगकर्ता टेलिग्रामसँग जोडिएको उनको भनाइ छ ।

टेलिग्राम एक नि:शुल्क एनक्रिप्टेड मेसेजिंग सर्भिस प्लेटफर्म हो । यसले सन् २०१३ मै इण्ड टू इण्ड एनक्रिप्सन फिचर थप गरेको थियो । सुरक्षित च्याटिङ्गको यो फिचर ह्वाट्सएपमा सन् २०१६ मा मात्रै थपिएको थियो ।

एक वर्षअघिको तथ्यांक अनुसार इन्स्टाग्रामका सक्रिय प्रयोगकर्ताको संख्या २० करोड रहेको छ । फेसबुकको तुलनामा यो यस अर्थमा उत्कृष्ट छ कि यसमा विज्ञापन देखिँदैन ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया