- मनिषा विमली [सिम्वोसिस इन्टरनेशनल युनिर्भसिटी एमवीए प्रथम वर्ष }

विश्वका हरेक परिवर्तनमा युवाको महत्वपूर्ण योगदान हुन्छ । राज्यको उदयसँगै राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा पनि युवाको भूमिका सधै अग्रणी रहँदै आएको छ । युवा नै परिवर्तनका वाहक हुन् र समाजलाई नेतृत्व दिने शक्ति हुन् । नेपालमा सानाठूला सबै आन्दोलनमा युवाको भूमिका कुनै न कुनैरूपमा रहँदै आएको छ । विकास निर्माण र राष्ट्र निर्माणमा युवालाई जोड्न सके अझ देश विकासले गति लिने कुरामा दुई मत राख्दैन ।
युवालाई जोड्न माध्यमम युथ अपरच्यूनिटी ग्लोवल एम्वाष्डर प्रोग्राम पनि एक हो । यसमा आवद्ध भएपछि युवाले केही न केही गरु भन्ने भावना राख्छन् । अनि, आफ्ना ठाउँको , समाजको र राष्टको उन्नति सोच्न सक्दछन् । युथ अपरच्यूनिटी नेपाल विभिन्न १७ लक्ष्य लिएर अघि वढेको छ । समाजमा देखिएका असमानतालाई हटाउँदै युथ अपरच्यूनिटी नेपाल अहिले देशभर क्रियाशील छ । यसमा हजारौं युवा सहभागीता गराउन सकिन्छ र राष्ट्र निर्माणमा लगाउन सकिन्छ । विशेषता युथ अपरच्यूनिटी नेपालले अहिले गुणस्तरीय शिक्षा, लैंगिक समानता, गरीबी मुक्त देश, अर्थिक विकाश, स्वस्थ जीवन, स्वच्छ पिउने पानी सवैले पाउनु पर्छ भन्ने उद्देश्य बोकेर अघि बढेको छ ।  
यो अभियानमा म पनि जोडिएकी छु । देश वाहिर रहेर पनि देशका लागि केही गरु भन्ने भावना म मा पनि जागृत भएको छ । युथ अपरच्यूनिटी नेपालको १ नम्वर प्रदेश प्रतिनिधि भएर भरपूर आफ्नो ठाउँको विकिाससंगै युवालाई उनीहरुमा भएको प्रतिभालाई प्रष्फुटन गर्दै अघि बढ्ने प्रण गर्न चाहन्छु । हामीमा भएका अथाह अवसरलाई युवामा जोडेर देशमा परिर्वतन ल्याउने काममा यो प्रोग्राम सञ्चालित छ । समयसँगै युवा पनि बद्लिनु पर्छ र आफूसँगै देशलाई पनि बदल्नुपर्छ । आर्थिक क्रान्तिको दिशामा मुलुकलाई लैजान विकासका निमित्त सर्वत्र दबाब सिर्जना गर्नुपर्छ । युवा समूह अन्य उमेर समूहभन्दा चेतनशील र उर्जावान् हुन्छ । तसर्थ आफ्नो तन, मन वचन र कर्मले राष्ट्रिय विकासका निमित्त युवा लाग्न जरुरी छ । तबमात्र हामी सुन्दर भविष्यको कल्पना गर्न सक्छौं । सम्पूर्ण युवाहरूलाई एकसाथ एक ठाँउमा उभ्याएर ‘गो ग्लोवल’ भन्ने नाराका साथ अघि बढेको युथ अपरच्यूनिटी नेपालको देश राजदुतका रुपमा तेज उप्रेती हुनुहुन्छ । उहाँले नेपालका धेरै युवालाई यस प्रोग्राममा जोड्नु भएको छ । देश तथा विदेशमा छरिएर रहेका युवालाई एक ठाउँमा उभ्याएर विकास निर्माणलाई युवालाई सहभागी गराउन सकिन्छ र सक्नु पर्छ भन्ने उहाँको सोच छ । सो सोच हामी सवैले लिन सके अवश्यपनि देशले प्रगति गर्नेमा कुनै सन्देह छैन ।
युवाले विभिन्न क्षेत्रमा भोग्दै आइरहेको कठिनाईले गर्दा नेपाल सामाजिक र आर्थिक उपलब्धिबाट हासिल गर्नबाट बञ्चित हुनु परेको अवस्था छ । भबिश्यका लागि युवाहरूलाई विभिन्न अवसर प्रदान गरेर नेतृत्वका लागि तयार पार्ने हो भने देशले छोटो समयमा विकासमा फड्को मार्न सक्छ ।
यसका लागि विभिन्न देशका विज्ञहरुसंग युवाई सम्मेलित गराई राय सल्लाह लिन जरुरी छ । जुन काम युथ अपरच्यूनिटी नेपालले गरिररहेको छ । यसको सल्लाहकार नाइजेरियाका छन् अनि प्रशिक्षक भारतका छन् । म पनि एक युवा हुँ । र, यो नेपाल भन्ने नेटर्वकमा जोडिएकी छु । यो संगै मेरो प्रदेशमा रहने समस्त युवालाई जोड्ने प्रण गर्दछु ।

तपाईको प्रतिक्रिया